होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड
समाचार

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • नागरिक रैबार
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उनले वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन् । साथै नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाको विषयमा प्रचण्डलाई जानकारी गराएका थिए ।

वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

विज्ञापन

प्रचण्डले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै