होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अध्यादेशको विरोधमा मार्तडीमा युवा संघको प्रर्दशन
समाचार

अध्यादेशको विरोधमा मार्तडीमा युवा संघको प्रर्दशन

  • नागरिक रैबार
अध्यादेशको विरोधमा मार्तडीमा युवा संघको प्रर्दशन

नागरिक रैबार/बाजुरा २ भदौ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले विधिवत रुपमा फुटेपछि बाजुरामा अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार बाजुरामा नेकपा एमालेको युवा संघ, अनेरास्ववीयु र खेलकुद महासंघले सदरमुकाम मार्तडीमा र्‍याली निकाल्दै सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

मार्तडीको तुफान्डाँडा देखि डिआर मष्ट, खेलकुद हुँदै लोकतान्त्रिक चोक सम्म प्रदर्शन गरेर युवाहरुले प्रधानमन्त्री देउवाको पुत्लासमेत दहन गरेको खेलकुद महासंघ बाजुराका सचिव लक्ष्मण रोकायाले बताएका छन् ।

विज्ञापन

सरकार विरुद्धको प्रर्दशनमा युवाहरुले लोकतन्त्र मास्न पाइदैन्, परमादेश सरकार चाहिदैन्, कम्र्फटेबल मापसे सरकार मुर्दावाद, अध्यादेश फिर्ता गर लगाएतका नारा लगाएका थिए । नारा जुलुस सहीत विरोध प्रर्दशन पछि युवा विद्यार्थीले लोकतान्त्रिक चोकमा विरोध सभा पनि आयोजना गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार