होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • किन बाजुरेली भाषा सिक्दैछिन् नायिका स्वस्तिमा ?
मनोरञ्जन

किन बाजुरेली भाषा सिक्दैछिन् नायिका स्वस्तिमा ?

  • नागरिक रैबार
किन बाजुरेली भाषा सिक्दैछिन् नायिका स्वस्तिमा ?

धनगढी: नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्का बाजुराको भाषा सिक्दैछिन्।चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्नुपर्ने भएपछि उनी बाजुराको भाषा र परिवेशबारे जानकारी लिन केहीदिन अघि बाजुरा पुगेकी थिइन।

बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलो पटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ मा नायिका खड्काले बाजुराकी चेली भएर अभिनय गर्दैछिन्। बाजुरेली भाषा सिक्न नायिका खड्कासँगै चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको टिम बाजुरा पुगेको थियो।

बाजुराकै भाषामा पहिलो पटक तयार हुन लागेको उक्त चलचित्रका लागि त्यहाँको सुटिङ स्थल, भाषा, कला र संस्कृतिबारे प्रत्यक्ष जानकारी लिन नायिका खड्कालगायतको सिंगोे टिम बाजुरा पुगेको चलचित्रका निर्देशक खनालले बताए।

बाजुरेली भाषामा निर्माण हुने यो चलचित्रमा खड्का र देशभक्त खनालको मुख्य भूमिका रहनेछ भने बाजुराका मोडल राजेश पायललगायत स्थानीयलाई चलचित्रमा अभिनय गराइने निर्देशक खनालले जानकारी दिए।

चलचित्रलाई आउँदो वर्षको भदौमा रिलिज गर्ने तयारी रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार