धनगढी: धनगढीबाट डोटी लग्ने भन्दै यात्रुलाई बसाएको बसले अत्तरियामा अलपत्र छाडेर गएको छ। धनगढीबाट डोटीको अत्तरकाँडासम्म लैजाने भनेर १३ जना यात्रु बोकेकोे रिभर साइड यातायातको ना४ख ३६०७ नम्बरको बसले यात्रुलाई अत्तरियामा अलपत्र छोडेका हो।
बसले उनीहरुबाट ६ सय ५० का दरले टिकेट समेत काटेको एक यात्रुले बताए। आफूहरुले टिकट काटेको भएपनि बसले अत्तरियामै अलपत्र छाडेर सम्पर्कबिहीन भएको यात्रु नरेन्द्र बमले बताए। उनका अनुसार उक्त बसको सिटका लागि टिकट काटेको भएपनि अहिले सुन्दर सुदूरपश्चिम यातायातको बसले उभ्याएर लगिरहेको छ। ‘हामीले सिटका लागि टिकट काटेका थियौ। त्यो बसले अलपत्र छाडेर गएपछि रिभर साइड यातायातले अर्को बसमा हामीलाई बसाएर पठाएको छ,’ उनले भने, ‘तर उभिएर यात्रा गरिरहेका छौं, एकदमै सास्ती भइरहेको छ।’
फेसबुक प्रतिक्रियाहरु