काठमाडौं, २४ फागुन । आइतबार संसद् भवनमा संवैधानिक परिषद्सम्बन्धी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को नाराबाजीलाई प्रधामन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको भन्नुभएको छ ।
सोमबार राजधानीमा आयोजित १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधनको सुरुवातमा व्यंग्य हान्न थालेका ओलीले संवैधानिक परिषद्सम्बन्धीको ठाउँमा एसिड आक्रमणविरुद्धको अध्यादेशमा सरकारको विरोध गरेको बताउनुभएको छ ।
‘के बिग्रियो भन्दा एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो । सक्छौ भने फेल गरे भइगो नि । फेल गर्ने आँट कसैको छ ? छैन । मन पनि परेको छैन, फेल गर्ने आँट पनि छैन । त्यसकारण अध्यादेश पेश गर्न पाइँदैन भनेर नाराबाजी ।’
आइतबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रचण्ड माधव समूहले बैठक बहिस्कार र कांग्रेस जसपाले नाराबाजी गरेको थियो, तर प्रधानमन्त्रीले ओलीले त्यसलाई उल्टो भनिदिनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु