होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भएन बाजुरामा बन्द हडताल
समाचार

भएन बाजुरामा बन्द हडताल

चलेनन् लामोदूरीका यातायात

  • नागरिक रैबार
भएन बाजुरामा बन्द हडताल

नागरिक रैबार
बाजुरा २२ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालको बाजुरा जिल्लामा भने खासै प्रभाव देखिएन । तर, लामोदूरीका यातायात भने चलेका छैनन् ।
जिल्लाका अधिकाँश बजार, शैक्षिक संस्था, सरकारी तथा गैर सरकारी कार्यालय सबै सञ्चालनमा आईरहेका छन् । लामो दुरिका यातायात सञ्चालन नरहेपनि छोटो दुरिका यातायात सञ्चालनमा रहेका छन् । सदरमुकाम मार्तडीमा रहेको बजार, कोल्टी बजार र साँफे मार्तडी सडक खण्डमा रहे भएका बजारहरु बिहानदेखि सञ्चालनमा रहेका छन् ।
सदरमुुकाम मार्तडीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थित भएपनि प्रचण्ड समुहको भेला जुुलुस केही नरहेको पाईएको छ । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी गरेको थियो ।
(नेकपा) प्रचण्ड माधव पक्ष बाजुराका नेता पुर बहादुर रावतले भने बजार बन्द गरेर जनतालाई दुख दिन मनसाय नरहेको र केपी सरकारले गरेका असम्बैधानिक कदमको बिरोधमात्र गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै