होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थपियो
समाचार

बाजुरामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थपियो

  • नागरिक रैबार
बाजुरामा जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थपियो

नागरिक रैबार/बाजुरा २० जेठ। बाजुरामा बैशाख २२ गतेबाट जारी गरिएको निषेधाज्ञा थपिएको छ । विहिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निणर्य गरको हो । जिल्लामा कोरोना महामारी र संक्रमण दर यथावत रहेकाले फेरी पनि निषेधाज्ञा थप्नु परेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले बताएका छन् ।

जिल्लामा कोरोनाको संक्रमण दरमा कमि नआएकाले सबैलाई सुरक्षित रहन र निषेधाज्ञाको पुणर् पालना गर्न प्रशासनले जिल्लाबासीलाई आग्रह गरेको छ ।बाजुरामा हालसम्म कोरोना संक्रमितको सख्या ५ सय ५२ पुगेको छ । आज ६४ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ ।

त्यस्तै बाजुरामा निको हुनेको सख्या ३ सय ४४ पुगेको छ । हाल सम्म्म १ सय ७९ जना सक्रिय संक्रिमीत रहेका छन । हाल सम्म १ हजार ४ सय ३ जनाको कोरोना परिक्षण गर्दा ५ सय ५२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ९ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । संक्रमित मध्ये १ सय ९० जना होम आइसोलेशन र ११ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि