होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • श्रेष्ठ र महराको कारण प्रचण्ड तनाबमा
राजनीति

श्रेष्ठ र महराको कारण प्रचण्ड तनाबमा

  • नागरिक रैबार
श्रेष्ठ र महराको कारण प्रचण्ड तनाबमा

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन् । यसअघि बसेका स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । तर, दाहाल स्वयमले भने मन्त्री चयन गर्न आफूलाई निकै हम्मेहम्मे परेको र एक किसिमले मानसिक तनाब नै झेलिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आज बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत स्थगित् भएको छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि आजको बैठक स्थगित् गरिएको बुझिएको छ ।

माओवादी केन्द्रनिकट एक नेताकाअनुसार पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जानेमा नारायणकाजी र कृष्णबहादुर महरा अघि सरेका छन् । श्रेष्ठ र महराका अलावा हरिबोल गजुरेलपनि सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान ईच्छुक छन् । तर, अध्यक्ष दाहालले भने कसलाई नेतृत्व दिएर सरकारमा पठाउने भनेर अहिलेसम्म निर्णय लिन सकेका छैनन् । दाहालनिकट स्रोतका अनुसार उनी यसपटक महरालाई सरकारमा नेतृत्व गरेर पठाउन चाहन्छन् । तर, श्रेष्ठले आफूलाई सरकारमा नेतृत्व गरेर जान नदिईए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय दाहाललाई गजुरेलले दरिलो साथ दिएका छन् । नेकपामा आन्तरिक कलह हुँदासमेत गजुरेलले दाहालको साथ छोडेनन् । त्यसैले यसपटक उनले गजुरेललाई पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जान तयार हुनसमेत भनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नेगरि दाहालसँग नाम मागेका छन् । यसअघि नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भनिएपनि अहिले नेपाल समूहले सरकारमा नजाने भनिसकेको छ । तर, यस्तो अवस्थामा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि