होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १९५ पुग्यो
समाचार

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १९५ पुग्यो

  • नागरिक रैबार
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १९५ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ । यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १–१ जना रहेका छन् ।

विज्ञापन

प्रवक्ता डा गौतमले आज ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार