होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपति भण्डारी आज सुदूरपश्चिमका चार कार्यक्रममा सहभागी हुँदै
देश/प्रदेश

राष्ट्रपति भण्डारी आज सुदूरपश्चिमका चार कार्यक्रममा सहभागी हुँदै

  • नागरिक रैबार
राष्ट्रपति भण्डारी आज सुदूरपश्चिमका चार कार्यक्रममा सहभागी हुँदै

धनगढी : सुदूरपश्चिममा रहेकी राष्ट्रपति विद्या भण्डारीले आयोजना हुने चार कार्यक्रममा सहभागी हुने भएकी छिन्। हिजो धनगढीमा सुरु भएको विश्व नेपाली साहित्य महोत्सव र शिवनगर खानेपानी आयोजनाले गरेको कार्यक्रममा सरिक भएकी राष्ट्रपति भण्डारी आज थप चार कार्यक्रममा सहभागी हुने भएकी हुन्।

आज विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, ३ बजे बैतडीमै प्राविधिक शिक्षालयको भवन उद्धघाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।

यस्तै १६ गते विहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। राष्ट्रपति १७ गते फर्किने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पठाईएको सहजीकरण पत्रमा उल्लेख छ। दिनेश खबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै