होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गायक ऋषी र बिष्णुको आवाजमा रहेको ‘मैना राजा रानी…’ मा सायाँ र रमेशको रोमान्स
समाचार

गायक ऋषी र बिष्णुको आवाजमा रहेको ‘मैना राजा रानी…’ मा सायाँ र रमेशको रोमान्स

  • नागरिक रैबार
गायक ऋषी र बिष्णुको आवाजमा रहेको ‘मैना राजा रानी…’ मा सायाँ र रमेशको रोमान्स

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गायक तथा सर्जक ऋषी खड्काको बिल्कुलै नयाँ लोकदोहोरी गीत ‘मैना राजा रानी…’ बजारमा सार्बजनिक भएको छ । सार्बजनिक भएको केहि समयमा नै धेरै दर्शकको माया पाउन सफल भएको छ ।

उक्त गीत बुधबार खड्काको आधिकारिक युट्युब अकाउन्ट ऋषी खड्का मार्फत् सार्वजनिक गरिएको हो । गीतमा खड्कालाई गायिका बिष्णु माझीले स्वरमा साथ् दिएकी छिन् । यसमा शब्द रुपा रश्मि सापकोटाले लेखेकी छिन् । गीतको सङ्गीत रचना स्वयं खड्काले गरेका छन् ।

images
खड्काले आफ्नो नयाँ गीतमा अत्यधिक मिहिनेत गरेको बताएका छन् । ‘मैना राजा रानी…’ बारे मिडिया डबलीसँग कुरा गर्दै उनी भन्छन्, ‘यो गीत मेरो लागि निकै महत्वपूर्ण छ । यो गीतको प्रत्येक नोट सबैमा मैले उत्तिकै मिहिनेत गरेको छु ।’

विज्ञापन

यसअघि रिलिज भएको ए परदेशी ६’ बोलको गीतको संगीत तथा आबाज आफैंले गरेका हुन् । रिलिज भएको २४ घण्टा नबित्दै ‘मैना राजा रानी…’ ले दर्शकको अत्यधिक माया पाइरहेको छ ।

गीतको भिडियोमा सयौंको कमेन्ट आइसकेका छन् भने आउने क्रम जारी छ । धेरैले गीतको सङ्गीत, स्टोरीलाइन र प्रस्तुती असाध्यै राम्रो भएको बताइरहेका छन् । साथै, जादुमय स्वरर्फत् खड्काले आफ्ना दर्शकलाई मनोरञ्जन प्रदान गर्न कहिले पनि नचुकेको पनि बताएका छन् । कतिले गीतको शब्दले मनै छोएको बताइरहेका छन् भने कतिले भिडियोले लोकेशनको तारिफ गरेका छन्।

भिडियोमा मोडल सायाँ भण्डारी र रमेश हमाल ठकुरीलाई देख्न सकिन्छ । मनाङ, मुस्ताङ लगायत काठमाडौँ आसपासमा छायांकन गरिएको उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । भिडियोको छायांकन दिपक गिरीले गरेका छन् ।

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार