नागरिक रैबार/बाजुरा १० असार। जिल्लाको त्रिवेणी नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको जाँचमा त्रिवेणीका ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।
बुधबार त्रिबेणि नगरपालिकामा भेटिएका ५ जना सवै पुरुष रहेका छन् । त्रिवेणीमा भेटिएका पाँच जनासँगै बाजुरामा कोरोना संक्रमित को संख्या ९८ पुगेको छ ।
बाजुराका ९८ संक्रमित मध्ये अहिलेसम्म बडीमालिका नगरपालिकामा ४० जना, बुढिगंगामा २१ जना, त्रिबेणि नगरपालिकामा ३५ जना, जगन्नाथमा १ जना र १ जना स्वामिकार्तिक गाँउपालिकाको रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु