होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेकपा बडीमालिका कमिटीद्धारा नगरका शाखासंग अन्तरक्रिया
समाज

नेकपा बडीमालिका कमिटीद्धारा नगरका शाखासंग अन्तरक्रिया

  • नागरिक रैबार
नेकपा बडीमालिका कमिटीद्धारा नगरका शाखासंग अन्तरक्रिया

नागरिक रैबार/बाजुरा ६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगर संगठन कमिटीले नगरपालिकाका शाखाहरुसंग अन्तरक्रिया गरेको छ ।

मंगलबार नेकपा बडीमालिका नगरसंगठन कमिटीले एक औपचारिक कार्यक्रमको आयोजना गरेर नगरपालिकाका शाखाहरुले चालु आर्थिक वर्षमा विनियोजन गरेका योजना र वार्षिक बजेटको कार्यान्वयनका बारेमा अन्तरक्रिया गरेको हो ।

स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि वर्षेनी विनियोजन हुने बजेट र कार्यान्वयन भएका योजनाहरुको प्रगति बारे कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेको नेकपा बडीमालिका नगर कमिटीका सचिव चन्द्र थापाले बताएका छन् ।

विज्ञापन

अन्तरक्रिया कार्यक्रममा नगरपालिका अन्तरगतका शाखाहरु पशु, कृषि, महिला बालवालिका, स्वास्थ्य, शिक्षा तथा खेलकुद विकास र प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका शाखा प्रमुखहरुले हालसम्म नगरपालिकामा भए गरेका काम बारे नगर कमिटीलाई जानकारी गराएका थिए ।

नगरपालिका भित्रका शाखाहरुका लागि नगरपालिकाले विनियोजन गर्ने वार्षिक वजेट र बजेटको कार्यान्वय बारे शाखाका कर्मचारीहरुसंग छलफल समेत गरेको छ ।

नगर कमिटी अध्यक्ष वीरबहादुर रावलको अध्यक्षतामा संचालन भएको कार्याक्रममा प्रमुख अतिथि नेकपा बाजुराका कार्यालय सदस्य गगन रावल रहेका थिए । कार्यक्रममा नेकपा बाजुराका सचिवालय सदस्य मानबहादुर विक, नगर कमिटीका पदाधिकारीहरु र नगरपालिका अन्तरगतका शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै