अनिल शाही/कोल्टी १० बैशाख।जिल्लाको बुढीनन्दा नगरपालिकाको वडा नं ३ मा बुधबार ३२ जनाको ¥यापिड डाइगोनोसिस्ट टेष्ट आरडीटी परिक्षण गरिएको छ ।
वडा नं ३ का ३१ र वडा नं २ का १ जना गरी ३२ जनाको टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको निमित्त स्वास्थ्य प्रमुख सिहराज गिरीले जानकारी दिएका छन् ।
उनीहरु हाल भारतबाट आई घरमै बसी रहेकाले सम्भावित जोखिम बारे परीक्षण गरिएको बुढीनन्दा नगरपालिकाका प्रशासन सहायक गोकर्णराज रेग्मीले बताए ।
त्यस्तै जगन्नाथ गाउपालिको वडा नं ३ देखि ६ सम्मका ४९ जनाको आरडीटी गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको छ । लकडाउनको अवधि शुरु हुनुभन्दा पहिले नै भारतबाट आएका ब्यक्तिहरुको हिजो र आज गरी आरडीटी विधिबाट परिक्षण गरिएको जगन्नाथ गाउपालिकाका प्रवक्ता डवल विकले जानकारी दिनुभयो । परीक्षण गरिएको उनीहरुहाल होम क्वारेन्टीनमा बसीरहेका थिए ।
फेसबुक प्रतिक्रियाहरु