होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मालिका नमुना माविमा खेलकुद सप्ताह कार्यक्रम सकियो
Breaking News

मालिका नमुना माविमा खेलकुद सप्ताह कार्यक्रम सकियो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मालिका नमुना माविमा खेलकुद सप्ताह कार्यक्रम सकियो

नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको प्राविधिक शाखाले आयोजना गरेको खेलकुद सप्ताह कार्यक्रम सकिएको छ ।

प्रत्येक वर्ष विद्यालयमा संचालन गर्दै आएको खेलकुद सप्ताह कार्यक्रम शनिबार सकिएको हो । खेलकुद सप्ताह कार्यक्रम अन्तरगत मालिका नमुना माविको प्राविधिक शाखाले यस वर्ष पनि फागुनको ३ गतेबाट संचालन गरेको उक्त कार्यक्रम सकेको हो ।

विद्यार्थीहरुको सर्वाङ्गिण विकास र विद्यालयको खेल प्रतिको छवि उच्च राख्न मालिका नमुना माविको प्राविधिक शाखाले प्रत्येक वर्षमा खेलकुद सप्ताह कार्यक्रम संचालन गर्दै आएको मालिका माविको प्राविधिक शाखाका संयोजक प्रयागराज जैशीले बताए ।

विज्ञापन

खेलकुद सप्ताह कार्यक्रम अन्तरगत विद्यालयको प्रागणमा भलिवल, फुटबल, क्रिकेट र हाँजिरीजवाफ प्रतियोगीता संचालन गरिएको थियो ।
खेलकुद सप्ताह कार्यक्रमको समापन कार्यक्रममा प्रत्येक खेलमा सहभागी भएका विजयी खेलाडीहरुलार्ई प्रमाण पत्र, टफी, मेडल सहित पुरस्कार प्रदान गरेको थियो ।

मालिका माविको प्राविधिक शाखाका संयोजक प्रयागराज जैशीको अध्यक्षतामा समापन गरिएको उक्त कार्यक्रममा मालिका नमुना माविका अध्यक्ष दिर्घराज पाध्याय, विद्यालयका निमित्त प्राचार्य विष्णुप्रसाद पाण्डे, विद्यालयका खेलकुद संयोजक शिक्षक उत्तमराज जैशी लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तत्व्य दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंवम् कार्यक्रमका प्रमुख अतिथि दिर्घराज पाध्यायले खेल क्षेत्रले नै खेलाडीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पहिचान दिने भएकोले विद्यालयमा खेल क्षेत्रको विकासलाई निरन्तरता दिने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै