नागरिक रैबार/बाजुरा ९ फागुन। सदरमुकाम मार्तडीमा फेरी खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुहान देखि ट्याङ्कीसम्मको पाइप लाइनमा समस्या आएपछि मार्तडीमा फेरी खानेपानीको हाहाकार भएको हाे ।
खानेपानीको हाहाकार भएपछि अहिले सदरमुकाम बासीहरुले घन्टाै लाइनमा बसेर एउटै धाराबाट पानी भरेर खानु पर्ने बाध्यता भएकाे छ । खानेपानीकै लागि सदरमुकाम मार्तडीका स्थानीयहरु थापाबाडा खाेलाघर, जिउला, किमखोला लगायतका स्थानमा धाउने गरेका छन् ।
बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा प्रयाप्त खानेपानी उपलव्ध गराउनका लागि खानेपानीकै व्यवस्थापनमा कराेडाै रकम खर्चिसकेकाे छ । तर पनि सदरमुकाम मार्तडीबासीले नियमित खानेपानी पिउन पाएका छैनन् ।
यता नगरपालिकाले भने सदरमुकाम मार्तडीमा खानेपानीको समस्या केही दिन भित्रै समाधान हुने बताउँदै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु