काठमाडौँ : सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा सांसद विकास कोषको खर्च गर्न बाँकी रहेको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गर्दै नियमावली संशोधन गरेको छ।
असार २ मा बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तहको कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको जानकारी दिए।
कोषमा जम्मा भएको रकम कोरोना नियन्त्रण तथा रोकथाममा खर्च गरिनेछ। सरकारले चालु वर्षमा सांसद विकास कोषमा एक निर्वाचन क्षेत्रमा ६ करोड बजेट विनीयोजन गरेको थियो।
फेसबुक प्रतिक्रियाहरु