८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई सहयाेग गर्ने भएकाे छ । विभिन्न फोन नम्बर उपलब्ध गराउदै नेकपाले खानबस्नको समस्याले काठमाडौंँ नछाड्न समेत आग्रह गरेको हो ।
नेकपाको काठमाडौँ जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको छ । खान र बस्नको समस्याले कसैले काठमाडौँ छोड्नुपर्ने अवस्था नआउने नेकपा काठमाडौँ जिल्ला कार्यालयद्वारा जारी अपिलमा भनिएको छ ।
तपाई रहनु भएको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्नुहोस्’, अपिलमा भनिएको छ, ‘तपाईको समस्या समाधान हुनेछ ।
आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार छ ।’ अप्ठ्याराेमा परेकालाई सहयोग गर्न काठमाडौँ जिल्ला कमिटीका सदस्यहरुको नाम र टेलिफोन नम्बरसमेत उपलव्ध गराइएको छ ।
फेसबुक प्रतिक्रियाहरु