होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

साहित्य

भोकको मलामी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
भोकको मलामी

बिहानै नाम्लो लिएर
बिहानै रिक्सा लिएर
ठेला वा गाडा लिएर
निस्कने गरेका भोकहरु
आज आफै मरणासन्न छन्।

उठ्नु परेको छैन हातमा ठेलाहरु
बस्नुपरेको छैन थाप्लामा राता डामहरु
न त कम्मरमा पटुका नै कस्नु परेको छ
यति धेरै सुख दिने हजुरीमा दिँदै सलामी
खालि पेट आज गईरहेछ
भोकको मलामी।

डालाका दाल, चामल अनि पिठो सम्झेर
कोक्रोका दूध, दबाई अनि लिटो सम्झेर
जिन्दगीका जिजीबिषा सारा गर्दै चलानी
खालि पेट आज गइरहेछ
भोकको मलामी।

कुद्नु परेको छैन मृगतृष्णा फड्को मारि
खेल्नु परेको पनि छैन भिडसँग पौठेजोरी
न त जिउ पसिनाले निथ्रुक्क पार्नै परेकोछ
सम्झेर चपाएको चामल अनि चौलानी
खालि पेट आज गईरहेछ
भोकको मलामी।

बराहक्षेत्र, सुनसरी l

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै