होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चल्न थाले लामाे दूरीका गाडी
समाचार

चल्न थाले लामाे दूरीका गाडी

  • नागरिक रैबार
चल्न थाले लामाे दूरीका गाडी

काठमाडौँ — लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि आज बिहीबारबाट सञ्चालनमा आएका छन् । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ ।

बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । आजै विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई र पूजाआजामा व्यस्त देखिन्थे। सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको थियाे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै यसको कार्यान्वयन कसरी गर्ने भन्नेबारे बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको उपस्थितिमा छलफल भएको थियो ।

विज्ञापन

हमालका अनुसार कोरोना महामारीअघि जुन जुन ठाउँमा गाडी खाजा खान रोकिन्थे, ती ठाउँमा स्थानीय तह, ट्राफिक प्रहरी र स्थानीय प्रशासनलाई परिचालन गराएर अनुगमन गराई सञ्चालन गर्ने सहमति भएको थियाे । सरकारले लामो दूरीका सवारीमा तोकेको मापदण्डअनुसार कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्नुपर्ने छ ।

यसरी यात्रु बोक्दा ५० प्रतिशत बढी लिन पाइने गरी निर्णय भएको छ । यात्रुलाई गाडीमा उभ्याउन पाइने छैन । यात्रुले सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै