काठमाडौं २ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक साउन ३ गतेका लागि फेरि बोलाइएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए ।
शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय समितिको बैठक बस्ने सहमति भएको ती नेताको भनाइ छ ।
स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि बल्झिएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।
फेसबुक प्रतिक्रियाहरु