होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा थप ६८ जनमा कोरोना पुष्टि
देश/प्रदेश

सुदूरपश्चिममा थप ६८ जनमा कोरोना पुष्टि

  • नागरिक रैबार
सुदूरपश्चिममा थप ६८ जनमा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।

६८ जना संक्रमितमध्ये तीन जना महिला र ६५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बैतडीमा २१ जनामा एकै दिन कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार संक्रमित हुनेमा बैतडीको शिवनाथ गाउँपकिालका वडा नम्वर २ का ७ जना, वडा नम्वर ३ का चार जना, वडा नम्वर ४ का ५ जना र वडा नम्वर ६ का ५ जना छन्।  यस्तै डोटीमा २० जनामा कोरोना संक्रमण देखिएको छ ।

डोटीको शिखर नगरपालिकाका वडा नम्बर २ का १५ जना र वडा नम्बर ६ का दुई जना, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ का एक जना र आदर्श गाउँपालिका वडा नम्बर २ र ३ का एक-एक जनामा कोरोना पुष्टि भएको छ ।

विज्ञापन

कैलालीमा १३ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिकाका ८ जना जनजाग्रीती मावि सीतापुरको क्वारेन्टाइनमा रहेका नागरिक हुन् । धनगढी उप–महनागरपालिका वडा नम्वर १, ५, ६ र १९ जनाका एक-एक जना र बर्दगोरीया गाउँपालिकका वडा नम्वर ७ का एक जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरमा ११ जनामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका- १० का ८ जना, वडा नम्बर १, ६ र ७ का एक-एक जनामा कोरोना पुष्टि भएको छ । अछाममा ३ जनामा कोरोना पुष्टि भएको छ । अछामको मेल्लेख गाउँपालिकाका वडा नम्बर ५ का दुई र वडा नम्बर ४ का एक जनामा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिममा थप संक्रमितको संख्या तीन सय ३२ पुगेको छ ।

अहिलेसम्म कैलालीमा ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीमा ३७, बैतडीमा २७, अछाममा २२, बाजुरामा २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना संक्रमित रहेका छन् । यसमध्ये कैलालीमा एक महिला र बाजुरामा एक बालिका गरी दुई जनाको मृत्यु भइसकेको छ भने भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार