होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • भारतीय हस्तक्षेप विरुद्ध बाजुराका कैदीबन्दी आन्दोलित
राजनीति

भारतीय हस्तक्षेप विरुद्ध बाजुराका कैदीबन्दी आन्दोलित

  • नागरिक रैबार
भारतीय हस्तक्षेप विरुद्ध बाजुराका कैदीबन्दी आन्दोलित

नागरिक रैबार
बाजुरा ४ फागन
। बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले भारतको हस्तक्षेप विरुद्ध जेलभित्रै नारा जुलुस गरेका छन् । आइतबार विहान ७ बजे जेलभित्रका सबै ५१ जना कैदीबन्दीहरु एकभएर नारा जुलुस गरेका हुन् ।
उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद एमसीसी मुर्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, भारतद्वारा महाकालीवारि दार्चुलामा गरिरहेको सडक कटिङ्ग बन्द गर, केपी सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, महान सहिदहरु लालसलाम जस्ता नाराहरु लगाएका थिए ।
नारा जुलुसपछि कोण सभा गर्दै नेकपाका केन्द्रीय नेता आदर्शले सम्बोधन गरेका थिए । उनले वैदेशिक हस्तक्षेपको विरुद्ध सारा नेपालीहरु जुट्नुपर्ने बेला आएको बताए । हाम्रो भुमि लुपुलेख, कालापानी, लिम्पियाधुरा, दार्चुलावारि सडक खानिरहेको र देशका विभिन्न भागमा भारतीयद्वारा अतिक्रमण भैरहदा दलाल केपी सरकार लाज पचाएर चुपचाप बसिरहेकोले जेलभित्रबाट राष्ट्रिय स्वाधिनताका आवाजहरु बुलन्द गर्नु परेको आदर्शले बताएका थिए ।
महाकालीवारि दार्चुलामा केहि दिनदेखि भारतीयहरुले एकपक्षीय ढंगले सडक खनिरहेको छ । उक्त विषय हाम्रो राष्ट्रियता माथिको ठाडो हस्तक्षेप भएको भन्दै आदर्शले जेलभित्रै नेपाली शासकहरप्रति आक्रोस पोखेका थिए ।
गृहमन्त्रालय मार्फत दलाल सरकारलाई ध्यानाकार्षण गराएको बन्दीहरुले बताए । बाहिर जस्तो सुकै देखाएपनि केपी सरकार दलाल भएरै वैदेशिक हस्तक्षेप बढेको उनीहरुको दावी थियो । राष्ट्रियताको रक्षार्थ भन्दै जेलभित्र रहेका सबै ५१ जना कैदीबन्दीहरुले बिरोध जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि