होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • अभिनेत्री रिश्मा गुरुङ कसिन् लगनगाँठो
मनोरञ्जन

अभिनेत्री रिश्मा गुरुङ कसिन् लगनगाँठो

  • नागरिक रैबार
अभिनेत्री रिश्मा गुरुङ कसिन् लगनगाँठो

काठमाडौँ।  अभिनेत्री रिश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छन् ।  शुक्रवार पोखरामा प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी हुन् ।

विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । चलचित्रकर्मी कोही उपस्थित भएका थिएनन् ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी उनी पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी थिइन् ।

विज्ञापन

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनको सानो भूमिका थियो ।

उनको ठाउँमा निर्देशक रामबाबु गुरुङले अभिनेत्री उपासना सिंह ठकुरीलाई सोल्टिनीको भूमिकामा प्रस्तुत गरेका थिए ।

‘कबड्डी’ पछि रिश्माले ‘झुम्की’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । उनले केही गुरुङ चलचित्रमा पनि अभिनय गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार