होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वस्थ युवाले सन् २०२२ सम्म कोरोनाको खोप नपाउन सक्छन् : डब्ल्यूएचओ
समाचार

स्वस्थ युवाले सन् २०२२ सम्म कोरोनाको खोप नपाउन सक्छन् : डब्ल्यूएचओ

  • नागरिक रैबार
स्वस्थ युवाले सन् २०२२ सम्म कोरोनाको खोप नपाउन सक्छन् : डब्ल्यूएचओ

२९ असोज, काठमाडौं । स्वस्थ युवाले सन् २०२२ सम्म कोरोना भाइरस (कोभिड-१९)को खोप नपाउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

डब्ल्यूएचओको ध्यान खोप उपलब्ध भएसँगै सबैभन्दा पहिला वृद्ध र जोखिमपूर्ण समुहको सूचीमा रहेका मानिसमा केन्द्रित रहेकाले स्वस्थ युवाले छिटो कोरोनाविरुद्धको खोप नपाउन सक्ने डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी हुन् ।

 

विज्ञापन

स्वामीनाथनका अनुसार खोप आएपछि सबैभन्दा पहिला स्वास्थ्यकर्मी, फ्रन्टलाइन कर्मचारी र वृद्धद्धृद्धाहरुले यो खोप पाउने बताइन् । यद्यपि कसलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको उनको भनाइ छ ।

‘मानिसहरुले अहिेल जनवरीको सुरुमा वा अप्रिलसम्ममा मैले खोप पाउँछु र त्यसपछि सबैकुरा पहिलाको जस्तै हुन्छ भनेर सोचिरहेका छन्’, स्वामीनाथनले भनिन्, ‘तर, यसले त्यसरी काम गर्दैन ।’

स्वामीनाथनले सन् २०२१ मा कम्तीमा एउटा सुरक्षित र प्रभावकारी खोप आउन सक्ने बताइन् । यद्यपि त्यो खोप पनि सीमित परिणाममा पनि उपलब्ध हुने उनको भनाइ छ । अहिले विश्वभर १० भन्दा धेरै कोरोना खोप तेस्रो चरणको परीक्षणमा छन् ।

डब्ल्यूएचओजस्तै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि खोप उपलब्ध भएपछि सबैभन्दा पहिला कसलाई प्राथमिकता दिने भन्ने सूची तयार पारिरहेका छन् ।

स्रोत :सीएनबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार