होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ३ वर्षदेखि बिहेको दबाब झेल्दै बेनिशा
मनोरञ्जन

३ वर्षदेखि बिहेको दबाब झेल्दै बेनिशा

  • नागरिक रैबार
३ वर्षदेखि बिहेको दबाब झेल्दै बेनिशा

काठमाडौं – मंसिर सकिएसँगै यस वर्षलाई बिहेका लगन सकिएका छन् । यो बीचमा धेरै नेपाली कलाकार विवाह बन्धनमा बाँधिएका छन् ।प्रियंका कार्की र आँचल शर्माले गत वर्ष नै धुमधाम बिहे गरेका थिए । यो मंसिरमा नायिका स्वेता खड्काले पनि बिहे गरिन् ।

नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ । यसबाट कलाकार के अछूतो रहन सक्थे र ! अझ पछिल्लो समय कलाकारले भटाभट बिहे गरिरहेका बेला उमेर पुगेका नायिकाहरुलाई बिहेको दबाब नआउने कुरै भएन ।

नायिका बेनिशा हमालले आफूलाई केही वर्षयता परिवार र आफन्तबाट बिहेको दबाब आइरहेको बताएकी छिन् ।

विज्ञापन

उनले सामाजिक सञ्जालमा उल्ल्खेख गरेकी छिन् – तपाईं कसैसँग सम्बन्धमा भए या नभए पनि एक महिलालाई बिहेको दबाब आउँछ । मैले पनि ३ वर्षदेखि यस्तै दबाब महसुस गरेकी छु । कहिलेकाहीँ त तनाव पनि हुन्छ ।

यसलाई कतिपयले बेनिशाले पनि बिहे गर्ने सोच बनाएको टिप्पणी गरेका छन् । कतिले भने उनलाई बिहे गर्न सुझाव समेत दिएका छन् ।बेनिशा केही समययता निर्माता रौनक विक्रम कँडेलसँग प्रेम सम्बन्धमा रहेको चर्चा चल्ने गर्छ ।

बेनिशाले अभिनय गर्ने फिल्म ‘भाँडाकुटी’ माघदेखि छायांकनमा जानेछ । सामाजिक कथामा बन्ने यो फिल्ममा मुकुन भुसालको पनि शीर्ष भूमिका रहनेछ । फिल्मको निर्देशन किरण विकले गर्दैछन् ।

a

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार