शनिबार, अशोज १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बालबालिका : जो अभाव र असुरक्षामा बाँचिरहेका छन्
स्वास्थ्य-जीवनशैली

बालबालिका : जो अभाव र असुरक्षामा बाँचिरहेका छन्

  • नागरिक रैबार
बालबालिका : जो अभाव र असुरक्षामा बाँचिरहेका छन्

वालदिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वालवालिकाको भविष्य सुनिश्चित गर्न’ आग्रह गरेकी छिन् । जबकी लाखौं बालबालिकाको भविष्य होइन, वर्तमान नै जोखिमयुक्त र टिठलाग्दो छ । केही समयअघि काठमडौंको खुला मञ्चमा राहतको खाना पर्खिएर बसेका अबोध बालकको तस्विर यसैको एक दृष्टान्त हो । आज लाखौं बालबच्चाले भरपेट खानै नपाएको स्थिति छ ।

त्यससँगै उनीहरुमाथि हुने विभेद, अपहेलना, असुरक्षा, हत्या, हिंसाको कहालीलाग्दो शृंखला जारी छ ।

नेपालका बालबालिकामा एकातर्फ अभावमा बाँच्नुपर्ने र अर्काेतर्फ विभिन्न किसिमका हिंसाहरू सहनु परेको तथ्यांक पनि युनिसेफले सार्वजनिक गरेको छ । युनिसेफका अनुसार गत वर्षमात्रै संसारका आधाभन्दा बढी बच्चाहरूले गम्भीर प्रकृतिको हिंसाको सामना गरेका थिए । यस्तो हिंसा व्यहोर्नेमध्ये ६४ प्रतिशत बालबालिकाहरू दक्षिण एसियाका थिए । यसले पनि दक्षिण एसियामा बालबालिकाहरू असुरक्षित रहेको तथ्यांकले देखाएको छ ।

विज्ञापन

बालबालिकामध्ये विशेषगरी बालिकाहरू झनै विभिन्न किसिमका हिंसाको शिकार हुने गरेको विभिन्न तथ्यांकहरूले देखाउने गरेको छ ।

भदौ ७ गते रामेछापको उमाकुण्ड १ गुम्देलकी १२ वर्षीया बालिका बलात्कृत भइन् । उनलाई घर नजिकै रहेको जलविद्युत आयोजनामा काम गर्ने २० वर्षीय युवकले बलात्कार गरेका थिए ।

त्यसको ठीक एक महिना पहिले पर्साको जगरनाथपुर गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय दुई युवाले सामूहिक बलात्कार गरेको समाचार आएको थियो । सोही गाउँपालिकाका युवाहरूले उनलाई बलात्कार गरेका थिए । यस्ता घटनाहरू एकाध होइनन् हरेक हप्ता दोहोरिरहने घटनाहरू हुन् । जहाँ आफ्नै बाबुबाट समेत किशोरी एवं बालिकाहरू सुरक्षित छैनन् ।

अर्काेतर्फ गरिबीका कारण विद्यालय पठाउन नसकेकेका धेरै आमाका छोराछोरीहरूले विभिन्न किसिमको समस्या झेल्नु परेको छ । ती बालबालिकाहरूले समाजमा विभिन्न किसिमका हिंसा व्यहोर्नुपरेको देखिन्छ ।

यसरी बालबालिकाले शारीरिक, यौन र भावनात्मक हिंसाहरू भोग्ने गरेको युनिसेफको तथ्यांकले जनाएको छ । यस्ता हिंसाहरू घरमा, स्याहार केन्द्रदेखि सडकमा हिँड्ने बेलामा समेत यस्ता हिंसाको शिकार बालबालिका हुने गरेको युनिसेफले जनाएको छ ।

दक्षिण एसियामा २०–२४ वर्ष उमेरमा विवाह गर्ने महिलाको संख्या ५० प्रतिशत छ । धेरै बालिकाले सानै उमेरमा विवाह गर्ने गरेका छन् । बच्चा उमेरमा नै विवाह गर्नु भनेको व्यक्तिको सामाजिक, शैक्षिक र स्वास्थ्यको हिसाबले समेत जीवनभर असर गर्ने कारण हो । यसले गर्दा पनि बालबालिकाको अधिकार र दिगो विकासको मुद्दा यही कारणले समेत दक्षिण एसियामा जोखिममा रहेको बताइएको छ ।

युनिसेफले नै केवल ६२ प्रतिशत ५ वर्षमुनिका दक्षिण एसियाली बच्चाहरूले जन्मदर्ता गर्ने गरेको उल्लेख गरेको छ । जन्मदर्ता कानुनीभन्दा पनि व्यक्तिको पहुँचको लागि समेत अनिवार्य कुुरा हो । दर्ता नहुनुले कुनै व्यक्तिको पहुँचमा सीमितता आउन सक्छ । सरकारी निकायमा जन्मको सूचना दर्ता नै नहुँदा उनीहरू राज्यबाट प्रदान गरिने बालबालिकाको अधिकार सम्बन्धी कार्यक्रमबाट समेत बञ्चित हुन्छन् भन्ने ठहर युनेस्कोको छ ।

कोरोना भाइरस जस्ता संकटको बेलामा बच्चाहरूलाई तिनीहरूका परिवारबाट उस्तै अवस्था रहे पोषणको लागि उनीहरूलाई अलग गर्न पनि सकिन्छ । बाल मस्तिष्कमा यस्ता संकट र अभावको छाप नबसोस् भन्नका लागि पनि उनीहरूलाई छुट्टै राखेर हेरचाह र पालनपोषण गर्नु सरकारको दायित्व हो । भलै नेपालमा यस्तो चलन बसेको छैन । बच्चाको जन्मदर्ता नहुँदा यस्तो बेलामा बच्चाहरूलाई अनुचित रूपमा परिवारबाट अलग गरिएको समेत हुन सक्ने बताउँछन् ।

‘हाम्रो विश्लेषण अनुसार ९९ प्रतिशत बालबालिका तथा १८ वर्ष मुनिका युवा (२ अर्व ३४ करोड) कोभिड(१९ का कारण आवतजावतमा कडाई गरिएका १८६ देशहरूमा बसोबास गर्दछन्। त्यसैगरि ६० प्रतिशत बालबालिका पूर्ण (७ प्रतिशत) वा आंशिक (५३ प्रतिशत) बन्दाबन्दी गरिएका ८२ देशहरूमा बसोबास गर्दछन् जसमा कुल १४ करोड बालबालिका र युवा पर्दछन्’ युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

यस क्षेत्रमा चुनौतीहरू पनि छन् । नेपालका बालबालिकाहरूले अझै पनि धेरै चुनौतीहरूको सामना गर्नुपर्छ । बालविवाहमा आएको गिरावटको क्रम घटेको छ । हरेक पाँच बालिकाहरूमध्ये दुई जनाको १८ वर्ष पुग्नुभन्दा अगावै विवाह हुन्छ ।

१ देखि १४ सम्मका लगभग हरेक बालबालिकाले आफ्नो घरमै हिंसाको सामना गर्नुपर्दछ । हिंसात्मक अनुशासनात्मक विधिले लगभग ८२ प्रतिशत बालबालिकामाथि प्रभाव पारेको छ । अनुशासनका सकारात्मक विधिबारे अभिभावकलाई आवश्यक ज्ञान छैन, समाजमा हुने हिंसा र बालबालिकामा पर्ने नकारात्मक असरहरूबारे सर्वसाधारणलाई जानकारी छैन ।

अझै पनि नेपालमा बाल श्रम घटेको छैन । ५ देखि१७ वर्षका हरेक तीन बालबालिकामध्ये एकजना बाल श्रम भोग्न बाध्य हुन्छन् भन्ने युनिसेफले जनाएको छ ।

नेपालका २५ हजारभन्दा बढी बालबालिका आवासीय बालगृहहरूमा बस्छन् । यस्ता बालगृहहरूमा राम्रो हेरचाह हुन्छ र उचित शिक्षाको अवसर पाइन्छ भन्ने जस्ता गलत बुझाइ हुनु र पारिवारिक वातावरणमा हुर्कनुको महत्व नबुझ्नु आदिका कारण बालबालिकाका आमा–बाबु आफैँले यी आवासीय बालगृहमा छोड्ने गरेको पाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार