होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • राष्ट्रिय बाल दिवश २०७७ को अवसरमा सबै बालबालिकाहरुमा शुभकामना
समाज

राष्ट्रिय बाल दिवश २०७७ को अवसरमा सबै बालबालिकाहरुमा शुभकामना

  • नागरिक रैबार
राष्ट्रिय बाल दिवश २०७७ को अवसरमा सबै बालबालिकाहरुमा शुभकामना

यहाहरु धेरैको जिज्ञासा रहने गर्छ , यो कति औ बाल दिवश हो ? भनेर ..

हाम्रो देश नेपालमा तत्कालीन रानि रत्न राज्यलक्ष्मी शाहको शुभ जन्मोत्सवको अवसर पारि वि.स. २०२१ भाद्र ४ गते नेपाल बाल सङग्ठनको स्थापना गरि त्यसैबेला देखि भाद्र ४ गते बाल दिवश मनाउन थालिएको हो । देशमा लोकतन्त्रको पुनर्बहाली भएपछि विस २०६३ सालयता भने रानिको जन्मदिनमा किन मनाउने ? भनि भाद्र २९ गते मनाउन थालिएको हो ।
भाद्र २९ नै किन ?
हाम्रो देश नेपालले विसं २०४७ भाद्र २९ अर्थात् सन् १९९० सेप्टेम्बर १४ तारिखका दिनमा बाल अधिकार सम्बन्धि महासन्धि सन १९८९ (UNCRC)लाइ अनुमोदन गरेको हो । त्यसैले यो दिन विशेष रहेको ठहर भइ आजको दिनमा मनाउन थालिएको हो ।

मैले विस २०६५ देखि बालक्ल्बको यात्रा हुदै अहिले अभियान सम्म आइपुग्दा बालबालिकाको अवस्थालाइ नजिक बाट नियाल्ने ,बुझ्ने अवसर पाएको छु र धेरै कुरा बुझ्दै पनि छु । बालबालिकाको न्याय र सर्वोत्तम हितका पक्षमा सदैव लडिरहेका छौ ।

विज्ञापन

आजको दिनमा भन्नुपर्दा बालबालिका सम्बन्धि ऐन २०७५ मा त्रुटि छन , अन्य ऐनहरु पनि फितलो छ , कार्यनव्यनको अवस्था कमजोर छ । हामि निरन्तर आवाज उठाइरहेछौ । एउटा सपना बोकेका छौ , कम्तिमा सबै बालबालिका सुरक्षीत रहुन ,घर-परिवारले बुझ्नुपर्ने कुराहरु छन , समाजले बुझ्नुपर्ने दायित्व छ र राज्यको दायित्व पनि बुझाउनु छ अनि स्वयम बालबालिकाले बोध गर्नुपर्ने कर्तव्य पनि छ ।
यसैका लागि अभियान चलाइरहेका छौ । यसलाइ बृहत बनाउन जरुरि छ । गर्नुपर्ने धेरै छ ।

अनि विषेशगरि अहिलेको सन्धर्भमा भन्नुपर्दा कोभिड महामारीबाट बालबालिकालाइ धेरै असर गरेको छ । हाम्रो नेपालमा कुल सङ्रमित मध्य झन्डै ११-१३% बालबालिका छन । उनिहरुका लागि बाल मैत्री isolation छैन ।

उनिहरुलाइ जोगाउन सबैको प्रयाश अपरिहार्य छ । बालबालिकाको पोषण र खोपमा प्रत्यक्ष असर परेको छ । बाल मृत्यु दर र शिशु मृत्यु दर तेब्बर वृद्धि भएको छ । बालबालिकाको शिक्षा , स्वास्थ्य र दैनिकिमा गम्भीर असर परेको छ । त्यसले नारामा भनिएझै सबै पक्ष प्रतिबद्ध हुन जरुरि छ । किनभने जुनसुकै विपदमा त्यस्को प्रत्यक्ष असर बालबालिका माथि परिरहेको हुन्छ र उनीहरुको भावना बुझ्नुपर्छ ।
भाइ बहिनिहरुलाइ मिठो सम्झना , माया सहित धेरै धेरै शुभकामना !!
पारस रावल
जिल्ला बाल अधिकार मंच (सचिब) बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि