होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अबिरल बर्षाका कारण हिमालीमा लाखाै‌ बढीको क्षति
Breaking News

अबिरल बर्षाका कारण हिमालीमा लाखाै‌ बढीको क्षति

४ जना कृषकका १ सय १० बाख्रालाई खोलाले बगायो

  • नागरिक रैबार
अबिरल बर्षाका कारण हिमालीमा लाखाै‌ बढीको क्षति

नागरिक रैकार/बाजुरा २ बैशाख। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका पुर्विउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा ८ लाख ८० हजार बराबरको क्षति भएको छ ।

अविरल वर्षाकै कारण गाउँपालिकाको वडा नं. ७ का ४ जना बाख्रापालक कृषकका हाउडी लेखको छानामा रहेका १ सय १० बाख्राहरुलाई चुलीगाड खोलाले बगाएको हिमालीको धुलाचौरमा रहेको प्रहरी चौकीले बताएको छ ।

धुलाचौर प्रहरी चौकीले मंगलबार दिउसो तयार गरेको क्षतिको विवरण अनुसार हिमाली गाउँपलिका ७ का चार जना बाख्रापालक कृषकका १ सय १० बाख्राको ८ लाख ८० हजार बरावरको क्षेती भएको अनुमान गरिएको छ ।

विज्ञापन

 

मंगलबार विहानको अविरल वर्षाका कारण हाउडी लेखमा रहेका १ सय १० वटा बाख्राहरूलाई एकैपटक चुलीगाढ खोलाले बगाएको बुझिएको छ ।

प्रहरीले लिएको क्षतीको विवरण अनुसार महेन्द्र कार्किका २०, देबि प्रशाद तिल्मिलसेनाका १२, बिष्णु प्रशाद तिल्मिलसेनाका ३८ र धनलाल तिल्मिलसेनाका ४० गरि १ सय १० बाख्राहरू चुलीगाड खोलाले बगाउँदा मरेका छन् ।

हाउडि लेखको छानामा रहेका उनीहरु चारै जनाका १ सय १० बाख्रालाई मंगलबार विहान अविरल वर्षासंगै आएको चुलिगाढ खोलाले बगाएर कर्णाली नदिमा मिसाएको स्यानिय प्रत्येक्षदर्शी बिर्ख एल आर बताएका छन् ।

विश्व नै कोरोना भाईरस कोभिड १९ को त्रासमा रहेका बेला गाउँमा अविरल वर्षामा कारण ठुलो क्षेति भएको बाख्रापालक कृषक मनरूप कार्किले दुख व्यक्त गरेका छन् ।

साथै मंगलबार विहान हिमालीकै वडा न ६ मा पनि मेघराज राज पाण्डे र बिष्णु प्रशाद जैशीका ४ वटा पशुचौपायालाई खोलाले बगाएको स्थानीय बसन्ति नेपालीले जानकारी दिएकि छन् ।

कोरोना भाईरसको महामारीका बेला हिमालीका भारी बर्षाका कारण स्थानीय कृषकहरूको ठुलो क्षति भएकोले यसमा स्थानीय तह र जिल्ला दैवि प्रकोप उद्वार समितिले आवश्यक राहतको व्यवस्था गर्न स्थानिय दलित अधिकारकर्मि गोरख सार्कीले आग्रह गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार