होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्राफिक नियम उलंघन गर्ने सवारी चालक कारवाहीमा
समाचार

ट्राफिक नियम उलंघन गर्ने सवारी चालक कारवाहीमा

चार दिनमा ११ हजार बढी राजस्व संकलन

  • नागरिक रैबार
ट्राफिक नियम उलंघन गर्ने सवारी चालक कारवाहीमा
नहकुल जाेशी/ काेल्टी १ फागुन । बाजुराको उत्तरपूर्वी क्षेत्रमा ट्राफिक प्रहरी खटिएको चार दिनमा ११ हजार ५ सय राजस्व संकलन भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारवाहि गर्दा सो मात्रामा राजस्व संकलन भएको बाजुराका ट्राफिक प्रहरी जवान लम्वोधर नायकले बताए ।
हाल बाजुराको निर्वाचन क्षेत्र नं कमा सञ्चालीत कर्णाली करिडोर, मार्तडी कोल्टी सडक खण्डमा चलिरहेका सवारी साधन माथि चेक जाँच गरी कारवाहि गरिएको ट्राफिक प्रहरीको भनाई रहेको छ ।
ट्राफिक प्रहरी नायकका अनुसार ९ वटा जिप, ३ वटा ट्याक्टर र ८ वटा मोटरसाइकिललाई कारवाहि गरिएको जनाइएको छ । उनीहरुले ट्राफिक नियमको उलंघन गरेका कारण कारवाहि गरिएको हो ।
बाजुराको उत्तरपूर्वी क्षेत्रमा सडक सञ्जाल विस्तार भए संगै सवारी दुर्घटनाका घटनाहरु पनि बढेकाले स्थानियले जिल्ला प्रहरी कार्यालय बाजुरालाई ट्राफिक प्रहरी पठाइ दिन आग्रह गरे अनुरुप हाल एक टोलीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्राईले बताए ।
हाल जिल्लामा पनि ट्राफिक प्रहरीको अभाव रहेकाले केहि समयमा ट्राफिकको संख्यामा थप गर्ने डिसपी भट्राईले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार