होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना संक्रमणबाट एकै दिन थप १४ जनाको मृत्यु
देश/प्रदेश

कोरोना संक्रमणबाट एकै दिन थप १४ जनाको मृत्यु

  • नागरिक रैबार
कोरोना संक्रमणबाट एकै दिन थप १४ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज महिला ३ र पुरुष ११ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौंमा तीन, भक्तपुर र रुपन्देहीमा २-२ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७६ वर्षिया महिला, ५१ र ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ७२ र ३८ वर्षिय तथा रुपन्देहीमा ६० र ४० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी सुनसरीमा ४३ वर्षिय पुरुष, चितवनमा ६१ वर्षिय पुरुष, तनहुँमा ७६ वर्षिया महिला, पर्सामा ७८ वर्षिया महिला, गोरखामा ४५ वर्षिय पुरुष, स्याङ्जामा ८५ वर्षिय पुरुष र कास्कीमा ५१ वर्षिय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो । आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै