बिहिबार, अशोज ८, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ‘पूर्ण स्वास्थ्यका लागि मानसिक स्वास्थ्य अपरिहार्य’
स्वास्थ्य-जीवनशैली

‘पूर्ण स्वास्थ्यका लागि मानसिक स्वास्थ्य अपरिहार्य’

  • नागरिक रैबार
‘पूर्ण स्वास्थ्यका लागि मानसिक स्वास्थ्य अपरिहार्य’
– समीक्षा कंडेल

मानसिक स्वास्थ्य के हो ?  र यसको पनि शारीरिक स्वास्थ्यको जस्तै महत्व हुन्छ भन्ने कुरा हामीमध्ये कतिलाई जानकारी नहुन पनि सक्छ। कारण आफू नमरी स्वर्ग देखिँदैन भनेझै कतिपय मानिसहरुलाई आफूले अनुभव नगरी थाहा नहुने कुरा पनि सामान्य हो। स्वास्थ्यका सवालमा मानसिक र शारीरिक पक्षले बराबर महत्व राख्दछ।

यस्ता पक्षमा आम मानिसहरु सुसुचित हुन अत्यावश्यक हुन्छ। आजको समयमा मानिसको जिवन अत्यन्तै व्यस्त रहने गर्दछ। जसको कारणले आफ्नो स्वास्थकर जिवन यापनका लागि कतै जिवनशैलीबाट अत्यावश्यक पाटोलाई त हटाइरहेका छैनन् ? कोभिड–१९ को कारणले मानिसहरुको सामाजिक जिवन, व्यवहार हिड्डुल बाहिरी शारीरिक ब्यायाम , जिम आदि सबै निषेधित छन्। जसले गर्दा मानिसहरु भित्रै थुनिएझै भएका छन्। यस्तो अवस्थामा कतिपयको प्राथमिकतामा शारीरिक पक्षहरु मात्रै प्राथमिकतामा परेर मानसिक स्वास्थ्य ओझेलमा त परेको छैन ?

कुनै कुरा वा विषयप्रति रिस, आक्रोस, डराउनु, दुखी हुनु, आतिनु या चिन्तित हुनु सामान्यतया सबै मानिसमा महसुस हुने सम्बेदनाका विषय हुन्। तर यदि त्यस्ता कुरा सामान्य जिवशैली र चिन्तन मननमा बढी नै प्रभाव पार्ने किसिमले निरन्तर पैदा हुन्छन र आफ्ना क्रियाकलापमा नकारात्मक असर पार्छन्। भने मानसिक स्वास्थमा यसले समस्याको विकास गर्दैछ भन्ने संकेत हुन्छ। तर यसको अर्थ “मलाई छिन छिनमा रिस उठ्छ, खिन्न महसुस पनि हुन्छ। म मानसिक समस्याको सिकार पो भए कि भनेर चिन्तित हुन भने नपर्ने विभिन्न प्रतिष्ठित मनोचिकित्सकहरुको तर्क हुने गर्दछ।

विज्ञापन

अमेरिकी मनोविज्ञान संघका अनुसार मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य जस्तै स्वस्थ र अस्वस्थ दुवै स्थितीमा वर्गिकरण गरेर व्याख्या गरिएको छ। मानसिक बिमारीलाई आफ्नो नियमित सोच्ने, समबेदना महसुस गर्ने र बानीव्यहोरामा एक्कासी आएको परिवर्तनबाट अवलोकन गर्न सकिने परिवर्तनको संकेतको रुपमा उल्लेख गरिएको छ। किनकि आफूले आफूलाई महसुस गरेर आफ्नो लागि सचेत तवरले सोचेर तनावमुक्त स्थितिमा काम र दैनिक जीवनका पारिवारिक सामाजिक एंव भवितब्यसँग सम्बन्धित कुरामा अग्रसर उर्जासिल रूपमा अगाडी बढ्नु सामान्य मानबको स्वभाव हो। सामान्यतया रिस, आक्रोस, चिन्ता, डर, भय, तनाबले, आतिने खाले महसुस मानब संवेदनाका प्रकारहरु हुन्।  जसरी खुशी हुन्छ कोही पनि व्यक्ति त्यस्तै गरी दुखि पनि हुन्छ। तर यस्ता खाले महसुसहरु असामान्य रूपमा तपाईमा पैदा हुन्छन र निरन्तर रूपमा तपाईका अरु दैनिक क्रियाकलापहरुमा असर पार्दैछन भने बुज्नुस् तपाई भित्र मानसिक समस्याको रूपमा ती विकसित हुँदै छैनन्।

विश्व स्वास्थ्य संगठनको अनुसार शारीरिक स्वास्थ्यलाई मात्रै मापन गरेर मानसिक स्वास्थ्यलाई नजरअन्दाज गर्ने हो भने कुनै पनि मानिसको स्वास्थ्यको सूचक पूर्ण नहुने कुरा प्रस्ट रूपमा उल्लेख छ। कुनैपनि व्यक्ति मानसिक स्वास्थ्यलाई मध्यनजर नगरिकन साचो अर्थमा स्वास्थ्य मानब हुन सक्दैन। र मानसिक समस्या नहुँदैमा कोही पनि मानसिकतवरले स्वाथ्य छ भन्ने अर्थ पनि हुँदैन। यसलाई विभिन्न तत्वहरुले व्याख्या गर्ने गरिन्छ जस अन्तर्गत व्यक्तिले आफूलाई बुझ्ने क्षमता,आफ्नो आवश्यकता र संमबेदनाको जानकारी, अरुसँग कुराकानी गर्न, सुन्न,बोल्न र अरुका कुरालाई समानुभुतिका साथ ग्रहण गरेर भिन्नभिन्न परिस्थितिमा पनि सहनशिलाताका साथ समस्या र चुनौतिको सामना गर्ने सामथ्र्य राख्दछ।

यसबाहेक व्यक्तिको आफैलाई ख्याल गर्ने र सबैखाले परिस्थितिको बुझाइर दृष्टिकोण, स्वयमप्रतिको लगाब (Self Love) , उर्जासिलता र हरेक पलका महसुसलाई सक्रियताका साथ अगाडि बढ्ने शैली एवं जिबनका अन्यपक्षमा लचकताका साथ अगाडि बढ्नु, आफ्ना कुरा प्रस्ट राख्न सक्ने। साथै कुनै खाले समस्या भए समाधान गर्न सक्नु, भौतिक अभ्यास, खेलकुद, कुराकानी, छलफल र साथीभाई इस्टमित्रसँग घुलमिल हुन सक्नुलाई पनि मानसिक स्वास्थ्यको दृष्टिले महत्वका साथ हेर्ने गरिन्छ।

त्यस्तै मानसिक स्वास्थ्यका हिसाबले दैनिक जीवनशैलीमा आफ्नो ख्याल गर्ने, तनाबमुक्त भएर पर्याप्त निदाउने अनि जागरुक भएर प्रफुलित हुँदै राम्रो महसुसका साथ आफ्ना दैनिक कामकार्य गरेर सामाजिक जिबनयापन गर्ने कुरालाई समेटिएको पाइन्छ। जुन आम जनजीवनमा एकदमै सरल तर अत्यावश्यक पाटो हो। त्यस्तै ठिक तरिकाले काम गर्न, कुनै विषयमा सोच्न, व्यायाम गर्न, सामाजिक काममा सरिक हुन र कुनै पनि कुराले खुशीहोस् या दुखि बनाउने वा चुनौतिपूर्ण दुवै खालेमा सक्रियताका साथ अगाडि बढ्न सक्नु पनि मानसिक स्वस्थताको सूचक हो।

कुनै पनि व्यक्तिले शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यको ख्याल गर्नु किन महत्वपूर्ण छ भन्ने प्रश्नमा प्रतिष्ठीत मनोचिकित्सक डा. इमाद अल्सकफ, मानसिक स्वास्थ्य भनेको व्यक्ति स्वस्थ हुनुको एकदमै अर्थपूर्ण पक्ष हो, भन्ने भनाई व्यक्त गर्दछन्। मानसिक स्थीति स्वस्थ नभएको अबस्थामा व्यक्ति आफैमा धेरै खाले शारीरिक समस्याको जोखिममा हुने गर्दछ। मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका मान्छेहरु शारिरिक स्वास्थ्यका समस्याको पनि उच्च जोखिममा हुने गर्दछन्। त्यसैले मानसिक स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने कुराहरु जस्तै चिन्ता प्रकट गराउने सन्दर्भ, खराबी लत (धुम्रपान, मध्यपान), नभएको जिबनयापनका परिस्थितिहरु र डिजिटल सामग्रीमा बढी समय व्यथीत गर्नु आदिले पनि आफ्नो मानसिक सुस्वास्थ्यमा बदलाव ल्याउने गरेको विभिन्न अनुसन्धानमा उल्लेख छ।

मानसिक असन्तुलन पैदा गराउने समस्या धेरै खाले हुन्छन जस्तै डिप्रेसन (Depression), सामाजिक डर (Social phobia), असुरक्षित महसुस गर्नु, तनाब (Anxiety), कुनै कुरा प्रतिको पागलपन (Schizophrenia), द्वीध्रुविय अराजकता (Bipolar Disorder), प्रसवोत्तर डिप्रेसन (Postnatal depression), खानपानमा असन्तुलन (Eating disorders), मोटोपनका कारण हुने बाध्यकारी असन्तुलन (bsessive Compulsive Disorder) पोस्ट त्रमटिक इस्त्रेस दिसोर्देर (Post Traumatic Disorder) आदि।

सामान्यतया आफूलाई दैनिक जिबनमा उर्जाशिल उत्सुक र प्रेरित पारामा खानपान व्यायाम र जिवनं शैलिका पक्षलाई निरन्तरता दिन सकेमा प्राथमिक तहका यस्ता समस्या आफै हल हुने मानियता पनि यिनको दिगो असर हुने गर्दछ। जसका कारणले दैनिक जिबन, पारिवारिक, मनोवैज्ञानिक, सामाजिक पाटो र अन्यजिम्मेवारीमा महत्वपूर्ण प्रभाव पर्ने हुनाले जसरी ज्वरो, टाइफाइड लाग्दा चिकित्सकको सल्लाह बमोजिम निको पारिन्छ। यसलाई पनि निदान गर्नु जरुरी हुन्छ। यसको उपचारको सबैभन्दा महत्वपुर्ण कुरा भनेको प्रामाणिक आधारमा निहित रहेर स्वयम् व्यक्तिलाई तत्काल देखा परेका लक्षणको सामना गर्न उत्प्रेरित गरेर आफ्ना समस्यसँग जुध्न सिकाउनु हो।

तर समस्या भनेको नै यही बिन्दुमा छ किन कि यस्ता समस्यसँग जुधिरहेका मानिस खुल्न त्यसै पनि सक्दैनन् जुन मुख्य टड्कारो हो।मानसिक स्वास्थ्यलाई अनिश्चितता, डर, कलंकित हुने भय (Stigma)  बुझाइको कमीले कसेर राखेझै सबैले पागलपनकै जघन्य संज्ञा दिने गरेकाले खुलेर यस्ता समस्याबारे छलफल नहुनु र झन् जरो गाडेझै मस्तिस्कमा दिगो हुनु एवम् स्वास्थ्य जिबनयापनका शैलीबारे जानकारी सबैमा नहुनाले पनि आजसम्म आइपुग्दा पनि स्तिग्मा (Stigma) नै मुख्य समस्याको रूपमा छ।

यसकै कारण हो,कतिपय आत्महत्या जस्ता घटनामा मानसिक रोगी भन्ने जस्ता तर्क जोडिएर आएको सुनिन्छ। तर यसको अर्थ खुलेर आफ्ना असुरक्षित महसुस गराउने कुराहरुमा छलफल नहुनु र उही स्टिग्माको भयले दोहोरो ग्रसित हुनु हो। हामी सबैमा यस्ता खाले अल्पकालिनदेखि दिर्घकालिन समस्या होलान कतिसँग हामी आफै पुनःप्राप्ति हुँदै निको हुने हुन्छ, भने कतिपयलाई सहजताका र सहयोगको खाचो हुन्छ। यसका लागि हामी एकनै राम्रो विश्वासिलो मित्र, जिम्मेवार पारिवारिक सदस्य एवं सचरित्र सामाजिक सदस्य भएर यस्ता समस्याको ज्ञान नभएकालाई जनचेतना फैलाउने, सहयोग खोजेकालाई सकेको सहजीकरण गर्ने गर्न सकेमा यस्ता कुरा समाधान गर्न सकिन्छ। नेपालमा पनि मानसिक स्वास्थ्यका समस्यासँग जुधिरहेका कयौं मानिसहरु निदान र समस्याको पहिचानलाई सामना गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा नेपालमा पनि राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण जारी छ। जसको मुलभूत उद्देश्य भनेको मानसिक स्वास्थ्य समस्या पहिचान गरेर समाधान खोजिरहेका व्यक्तिको समस्यालाई सम्बोधन गर्ने रहेको छ।

फलस्वरुप नेपालमा विद्यमान मानसिक स्वास्थ्यको सामाजिक–जनसांख्यिकीय तथ्यांक, समस्या र सम्भाव्य समाधानहरु पहिचान हुनेछन्। प्राथमिक उपचारसँगै मानसिक स्वास्थ्यका आधारभूत पक्ष सम्मिलित गर्नुपर्ने यस समयमा उल्लेखित शोधका उपलब्धिहरुले स्वास्थ्य उपचारको क्षेत्रमा आउदो समयको समस्या पहिचान र स्वास्थ्यका पूर्वाधार वृद्धिमा एउटा महत्वपूर्ण आयम स्थापित गर्नेछ। यसको अलावा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वस्थकर जिवनशैलीलाई अगाल्नु अनि सर्वप्रथमत : आफ्नो स्वास्थ्य अनि अरु कुरा भन्ने बुझाई महत्वका साथ बुझ्न सकेमा आजको सुविधा र प्रविधिले जिवन सहज बनेको भनिएको युगमा आत्महत्या जस्ता दुखद कुराको खबर आउदैनन् सायद !! आवश्यक परिस्थितिमा परामर्श मात्रै उपलब्ध भएमा पनि दुर्घटनात्मक परिणामबाट बच्न सम्भव हुन्छ। समस्या र परिस्थिति आउछन् जान्छन् जिन्दगी रहे अनेक रंगहरु जिवन आफै लिएर आउँछ। आशावादी भएर आत्माविश्वास राख्नु अहिलेको आधुनिक युगको मानब जिवनको आधारभूत पक्ष पनि हो। जीवन जिउने यात्रा हो आत्महत्या गर्न होइन।

 लेखिका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा सुक्ष्मजिव विज्ञानमा अनुसन्धानरत छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार