होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विप्लवका नेता खोज्न पत्रकारको घर खानतलासी
देश/प्रदेश

विप्लवका नेता खोज्न पत्रकारको घर खानतलासी

  • नागरिक रैबार
विप्लवका नेता खोज्न  पत्रकारको घर खानतलासी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लुकाएको आशंकामा हुम्ला प्रहरीले गैरकानुनी रूपमा मध्यराति पत्रकारहरूको घर खानतलासी गरेको छ । विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढालाई लुकाएको आशंका गर्दै पत्रकारद्वय नरजन तामाङ र कर्णबहादुर रोकायको घर प्रहरीले खानतलासी गरेको हो ।

राज्यविरुद्धको अपराध अभियोगमा हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासबाट मंगलबार सफाइ पाएका बुढालाई प्रहरीले पुनः पक्राउ गर्ने तयारी गरेको थियो । त्यसका लागि अदालत परिसरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ थिए । मानव अधिकारकर्मीहरूको रोहवरमा छाडिएका बुढा भने गेटबाहिर पुगेलगत्तै फरार भएका थिए । त्यसपछि प्रहरीले उनलाई लुकाएको आशंकामा गैरकानुनी रूपमा पत्रकारका घर खानतलासी गरेको हो ।

पत्रकार तामाङ नयाँ पत्रिका दैनिकका हुम्ला संवददाता हुन् । उनी नेपाल टेलिभिजनका पनि प्रतिनिधि हुन् । रोकाया नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र कचहरी दैकिकका सम्पादक हुन् । बुढालाई खोज्ने क्रममा एक दर्जन प्रहरी घरमा बसेर बत्ती बन्द गर्दै मानसिक तनाव दिएर खानतलासी गरेको भन्दै रोकायले आपत्ति जनाए । द्वयपत्रकारसहित प्रहरीले रेडियो कर्णाली, रेडियो कैलाश,लगायतका सञ्चार मिडियालाई प्रहरीले निगरानी गरेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताए ।

विज्ञापन

अध्यक्ष बोहराले अनावश्यक पत्रकारहरूलाई धम्की दिएर प्रहरीले गरेको व्यवहारप्रति आपत्ति जनाए । प्रहरीले पत्रकारहरूलाई निगरानी गर्नुको कारणबारे बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले आफूलाई जानकारी नभएको बताए । बुढालाई प्रहरीले गत २३ असोजमा ताजाकोट गाउँपालिका ५ बाट पक्राउ गरेर सिमकोट ल्याएको थियो । नयाँपत्रिका दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार