होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • यौन स्वास्थ्य
  • गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?
यौन स्वास्थ्य

गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?

  • नागरिक रैबार
गर्भनिरोधक चक्कीले कसरी काम गर्छ ?

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेपछिको अवस्थामा पनि गर्भ रहने सम्भावना हुन्छ । हुन त सुरक्षित यौन सम्पर्कका अनेक विकल्प छन् । यद्यपि कहिले काहीँ असावधानीवस् गर्भ रहन्छ । यस्तो अवस्थामा के गर्ने ? विकल्प हो, आकस्मिक गर्भ निरोधक चक्की । यौन सम्पर्क गरेको निश्चित अवधिसम्म यसको सेवन गरेपछि गर्भ रहने भय धेरै हदसम्म कम हुन्छ ।

यद्यपि यो चक्की नियमित रुपमा भने सेवन गर्न मिल्दैन । त्यसैले त यसलाई अकस्मिक चक्की भनिएको हो । यसको दीर्घकालिन व्यवस्थापनका लागि चाहि गर्भनिरोधक चक्की अर्थात बर्थ कन्ट्रोल्स पिल्स उपयोगी हुन्छ ।

आकस्मिक र गर्भनिरोधक चक्कीमा के फरक छ ?

विज्ञापन

धेरैजसो महिला यसमा द्विविधाग्रस्त हुन्छन् । कन्ट्रसेप्टिभ पिल त्यो हो जसलाई तपाईं आफ्नो महिना अनुसार सेवन गर्नुहुन्छ । यद्यपि जसले कुनै सुरक्षा विधि नअपनाइ यौन सम्बन्ध बनाउन पुग्छन् उनीहरु सम्भावित गर्भबाट बच्नका लागि चक्की दिइन्छ, जसलाई आकस्मिक चक्की भनिन्छ ।

अनिच्छित गर्भ रोक्नका लागि महिलाले गर्भनिरोधक गोली अर्थात बर्थ कन्ट्रोल्स पिल्स सेवन गर्छन् । यदि कुनैदिन उक्त चक्की सेवन गर्न भुलियो भने के यसले तपाईं गर्भवती हुने सम्भावना बढ्छ ?

कसलाई आवश्यक छ चक्की ?

सामान्यत गर्भनिरोधक चक्की त्यही महिलालाई सेवन गर्नका लागि सुझाव दिइन्छ, जो यौन रुपले सक्रिय छन् र गर्भावस्थाबाट सुरक्षा चाहन्छन् । यौन गतिविधिमा सक्रिय भएर पनि बच्चा जन्माउन चाहँदैनन् । उनीहरुलाई नै गर्भनिरोधक चक्की सेवन गर्नका लागि सुझाव दिइन्छ ।

खासगरी यो चक्की सेवन गरेपपछि ओभुलेसन रोकिन्छ, जसले अन्डा ओभरिजबाट बाहिर निस्कन पाउँदैन । यदि अन्डा ओभरीबाट बाहिर आएमा त्यो स्पर्मको सम्पर्कमा आउन सक्छ । यद्यपि सबै चक्कीले यसरी काम गर्दैन । केही चक्की गर्भाशयको भित्र बन्ने पत्रलाई अरु मोटो बनाइदिन्छ, जसले गदार्न स्पर्म अन्डासम्म पुग्न पाउँदैन ।

विज्ञहरुका अनुसार यो चक्की तब प्रभावकारी हुन्छ, जब यसलाई समय र सही ढंगले सेवन गरिन्छ । यदि महिलाले बिचमा कुनै दिन चक्की सेवन गर्न छाडेमा गर्भवती हुने संभावना बढ्छ । यदि चक्कीको कोर्सको पुरा गर्नुभएको छ भने यसले ९९ प्रतिशत काम गर्छ ।

एस्ट्रोजन र प्रोजेस्टेरोनबाट बनेको यो कम्बिनेसन चक्कीले हर्मोनको हरेक महिना हुने परिवर्तन वा अस्थिरतालाई रोक्छ, जसले ओभ्युलेसन रोक्छ । अहिले यो चक्की यसरी तयार गरिएको छ कि त्यसको असर २४ घण्टासम्म रहन्छ । यस्तोमा जब तपाई चक्की लिन भुल्नुहुन्छ तब हर्मोनको स्तर तल झर्न पुग्छ । यही कारण टाउको दुख्ने, पेटमा गडबडी हुने, वान्ता हुने जस्ता साइड इफेक्ट देखापर्छ । विज्ञका अनुसार यदि तपाईंले यो चक्की लिन छुटाउनु भयो भने हर्मोन्सको स्तर सामान्यबाट तल झर्न पुग्छ, जसले गर्दा गर्भवती हुने संभावना बढ्छ ।

यदि तपाईंले मिड प्याकलाई बिचमा छाडिदिनुभयो भने वा चक्की सेवन गर्न भुल्नुभयो भने यसले महिनावरी चक्र पनि बिग्रन्छ जुन सामान्य हुनमा निकै समय लाग्छ । किनभने यसले ओभ्युलेसन चक्रलाई कन्ट्रोल र प्रोटेक्ट गर्छ । यसैले चक्की लिइएन भने ओभ्युलेसनमा असर पर्छ, जसले अन्डा ओभरीजबाट बाहिर निक्लन सक्छ । साथै यसबाट हल्का रक्तश्राव पनि हुनसक्छ ।

हरेक दिन चक्की सेवन गर्नुहुन्छ भने सकेसम्म एउटै समयमा लिने गर्नुहोस् । यसले गर्दा हर्मोन सन्तुलनमा रहन्छ । धेरैभन्दा धेरै एक वा दुई घण्टाको तल माथि चक्की लिने समय फेरबदल हुनसक्छ । यद्यपि यो समय पनि धेरै घटबढ भएमा गर्भवती हुने संभावना बढ्छ ।

जब महिला प्रेग्नेन्सीका लागि पूर्ण रुपले तयार हुन्छन् तब यो चक्कीलाई बिचमा सेवन गर्न बन्द गर्न सक्नुहुन्छ । चक्की सेवन गर्न छाडेपछि मासिक स्राव र ओभ्युलेसन चक्त सामान्य हुनमा थोरै समय लाग्छ । यसका साथै अचानक बीचमा छाड्दा मुड स्विङ, कपाल पातलो हुने जस्ता समस्या आउन सक्छ । यस्तो भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

अब कुरा आउँछ कि यो चक्की नियमित रूपमा सेवन गरिरहनुभएको छ । यौन क्रियाकलापमा पनि संलग्न भइरहनुभएको छ । गर्भवती हुन चाहनुहुन्न । यद्यपि भुलेर कुनै दिन तपाईंले यो चक्की लिन भुल्नुभयो । जतिबेला सम्झनुहुन्छ तत्काल अर्थात चाडो भन्दा चाडो चक्की सेवन गर्नुहोस् । जति चाडो गर्नुहुन्छ, खतरा उतिनै कम हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार