होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ मंसिर, काठमाडौं । किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन् । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले एक सयौँ गोलको कोशेढुंगा पूरा गरेका हुन् । एमबाप्पेले इन्जुरी टाइममा गोल गरेका थिए । मोन्टेपिलरको मैदानमा भएको खेलको ३३औं […]
‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । यो शोको तेस्रो सिजनका […]
नागरिक रैबार/बाजुरा २१ मंसिर। जिल्लाको हिमाली गाउँपालिकाको वडा नं ७ बाँधुकि एक महिला ७० दिनदेखि बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही गाउँपालिका ७ बाँधुकि अन्दाजी ३८ वर्षिया रत्ना आउजी रहेकी छन् । आउजी गत असोज ११ गते विहान पिलुचौरबाट हराएकोे र अहिलेसम्म पनि खोजी गर्दा कतै नभेटिएको आफन्त बसन्ती नेपालीले बताएकि छन् । बेपत्ता […]
एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् । मन्नत मिडिया रिपोर्टका अनुसार मुम्बईस्थित शाहरुख खानको घरको मूल्य २०० करोड रुपियाँभन्दा बढी […]
नियमित व्यायाम गर्नाले रोग प्रतिरोधक क्षमता बढ्ने गर्छ ? यो यस्तो प्रश्न हो जुन प्रायः सबैको दिमागमा आएको हुनुपर्छ । व्यायामले दुवै शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यो अकाट्य सत्य हो । तर व्यायामले शरीरको रोग प्रतिरक्षा प्रणाली मजबुत बनाउनको लागि भूमिका खेल्छ त ? भन्ने विषयमा विशेषज्ञहरूमा समेत एक मत देखिँदैन […]
२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ । शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको […]
२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ महामारीले उत्पन्न संकट विश्वका सबै मुलुकका लागि समान भएकाले साझा चुनौती सामना गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् । कोभिड–१९ पछिको शिक्षाका चुनौती र विश्व अनुभवको आदानप्रदान गर्ने उद्देश्यले नेपाल खुला विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मोर्गन स्टेट विश्वविद्यालयले आयोजना गरेको ‘२०२० स्टार कन्फरेन्स’ विषयक दुईदिने […]
देशमा कोरोना संक्रमण बढ्ने बित्तिकै सरकारले एउटा निर्देशन जारी गरेको थियो– स्वास्थ्य मापदण्ड पालना गरौँ, सामाजिक दूरी कायम गरौँ । जनतालाई कोरोनाबाट बचाउन सरकारले गरेको सबैभन्दा ठूलो काम पनि त्यही नै थियो । आखिर जनताप्रति सरकारको ठूलो दायित्व छ । त्यसैले जनतालाई कोरोनाबाट बचाउन केही त गर्नैपर्छ भन्ने दायित्वबोध गरी सरकारले यो काम गरेको थियो […]
२१ मंसिर, बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा […]
बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो । यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख […]
काठमाडौँ — कोरोना महामारी रोक्न नेपालमा ६० देखि ७० प्रतिशत मानिसले संक्रमणविरुद्घको खोप लगाउनुपर्ने विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको खोप विकास नभएसम्म सामाजिक दूरी कायम राखी मास्क लगाउने, साबुनपानीले हात धुने, हावा ओहोरदोहोर हुने ठाउँमा बस्नेलगायत जनस्वास्थ्यका उपाय अपनाउन सुझाव दिँदै आएको छ । ‘त्यस्ता जनस्वास्थ्य उपायबिनै महामारी रोक्न न्यूनतम ९० […]
संसारभरिमा १५ लाख ३४ हजारभन्दा बढी मानिसहरुको मृत्यु कोरोनाभाइरसको कारण भइसकेको छ । तीमध्ये एक तिहाईको मृत्यु त पछिल्लो दुई महिनामा मात्रै भएको हो । हालसम्म ६ करोड ६८ लाखभन्दा बढी मासिनहरु कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । पछिल्लो हप्ता मात्रै प्रतिदिन १० हजारको दरले मानिसहरुका दैनिक मृत्यु भइरहेको छ । खोपको सफलताका कथाहरु बाहिर […]
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा यसअघि अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ । शनिबार बसेको सचिवालय […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । आज भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको महाशाखाले जनाएको छ । साथै, हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ । यसैगरी, आइतबार दिउँसो प्रदेश नं १ तथा बागमती […]
२१ मंसिर, काठमाडौं । जर्मन बुण्डेसलिगामा शीर्ष दुई टिम बायर्न म्युनिख र आरबी लाइपजिगले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा बायर्न र लाइपजिगले ३-३ गोलको बराबरी खेलेका हुन् । बराबरीपछि बायर्न पहिलो र लाइपजिग दोस्रो स्थानमा यथावत नै छ । एलिएन्ज एरेनामा भएको खेलमा क्रिस्टोफर एनकुन्कुले १९औं मिनेटमा गोल गर्दै लाइपजिगलाई पहिले […]
२१ मंसिर, दियायल । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटना […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ । बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग […]
२१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा […]
आगामी ९ मंसिरदेखि हुने कक्षा १२ को परीक्षा होम सेन्टरबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । परीक्षाको लागि उत्तरपुस्तिका विद्यालयमा पुर्याउने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्रश्नपत्र भने परीक्षाको दिन मात्र पुर्याइने छ । प्रश्नपत्र पनि बोर्डले तयार पारिसकेको […]
निमेन्द्र शाही बाजुरा, । २१ कात्तिक ‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर […]