होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • शाहरुख खानसँग भएका २०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीज
मनोरञ्जन

शाहरुख खानसँग भएका २०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीज

  • नागरिक रैबार
शाहरुख खानसँग भएका २०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीज

एजेन्सी – बलिउडका राजा तथा चर्चित अभिनेता शाहरुख खानले बलिउड प्रवेश गर्नुअघि ५० रुपियाँ भारतीय रकम लिएर काम गरेका थिए । उनी हाल बलिउडका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनीसँग अहिले १०० करोडभन्दा बढी मूल्य पर्ने ४ चीजहरु छन् ।

मन्नत
मिडिया रिपोर्टका अनुसार मुम्बईस्थित शाहरुख खानको घरको मूल्य २०० करोड रुपियाँभन्दा बढी रहेको छ । उनले उक्त घर सन् २००१ मा घर खरिद गरेका थिए । उनले उक्त घरको नाम ‘विला वियेना’ राखेका छन् । जुन नाम परिवर्तन गरेर उनले ‘मन्नत’ नाम राखे । उनको घरमा सबै सुख, सुविधासहित स्वीमिङ पुल, जिम, ओडिटोरियम, मिनि थिएटर र लाइब्रेरी जस्ता सुविधाहरु रहेका छन् ।

लण्डनमा रहेको लग्जरी भिला
उनको मुम्बईमा मात्र होइन विदेशमा पनि भव्य बंगला रहेको छ । उनको सेन्ट्रल लण्डनको पार्क लेन इलाका भव्य बंगला रहेको छ । उक्त बंगलाको मूल्य २०० करोडभन्दा बढी छ ।

विज्ञापन

रेड चिली इन्टरटेनमेन्ट
शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको ‘रेड चिली इन्टरटेन्टमेन्ट’ देशकै ठूलो वीएफएक्स र प्रोडक्शन कम्पनीहरुमा एक हो । यो कम्पनी सन् २००२ मा स्थापना भएको उक्त कम्पनीले ‘रा–वन’, ‘माइ नेम इज खान’, ‘डियर जिन्दगी’ जस्ता फिल्महरु बनिसकेको छ । उनको यो कम्पनीको मूल्य अहिले ५०० करोडभन्दा बढी रहेको छ ।

कोलकाता नाइट राइडर्स
फिल्मका साथ साथै शाहरुखको लगानी खेलमा पनि रहेको छैन । मिडिया रिपोर्टको अनुसार शाहरुख खानले कोलकाता नाइट राइडर्स टीममा खानको लगानी ५५ प्रतिशत हिस्सा रहेको छ । सन् २०१९ मा टिमको कुल मूल्य ६३० करोड रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार