होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘दि भ्वाइस अफ नेपाल सिजन ३’को अडिसन सुरु
मनोरञ्जन

‘दि भ्वाइस अफ नेपाल सिजन ३’को अडिसन सुरु

  • नागरिक रैबार
‘दि भ्वाइस अफ नेपाल सिजन ३’को अडिसन सुरु

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन सुरु भएको छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो ।

यो शोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु गरिएको हो । १६ बर्ष उमेर पुगेका यूवायूवतीदेखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई आवेदन दिन सकिनेछ ।

 

विज्ञापन

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागीता जनाउनका लागि काठमाण्डौमा भौतिकरुपमै उपस्थित भने हुनुपर्नेछ ।

कसरी सहभागी हुने ?
‘दि भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वाइस अफ नेपाल’का पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ । प्रयोगकर्ताले फेसबुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।

कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर पनि अडिसनका लागि समन्वय गर्न सक्नेछन् । आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्नेछन् ।

सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद आचार्यले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् ।

यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्रतिभासँग काम गर्न आफु निकै उत्साहित रहेको बताए ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार