धनगढीः कैलालीका ६७ सहित सुदूरपश्चिममा थप ७० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ४ सय ३२ जनाको परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
उपमहानगरपालिकाको वडा नम्बर ५ का ११ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ७ का ६ जना, वडा नम्बर ३ का ५ जना र वडा नम्बर २, ४ र ८ का ४/४ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै वडा नम्बर ६ र ठेगाना नखुलेका १/१ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।यस्तै कैलालीकै टीकापुर नगरपालिकाका ११ जना, गौरीगंगा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, जानकी गाउँपालिकाका १ जना र ठेगाना नखुलेका ५ जनामा समेत कोरोना पुष्टि भएको छ ।
उता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
फेसबुक प्रतिक्रियाहरु