होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दिलनिशानी मगर। प्राकृतिक रूपमा जीवित एउटा मन, मुटु र भावना भएको मनुष्यले एकबारको जीवनको उत्तरार्द्धमा के- के गर्न चाहन्छ ? पक्कै पनि ऊ आफ्नो बाँकी जीवन शान्तिपूर्ण बाँच्न चाहन्छ। हँसिलो चेहरा देखाएर आफ्नो जन्मदिन मनाउन चाहन्छ, नातिनातिनासँग घुम्न चाहन्छ, बगैँचाका फूलबारीमा टहलिन चाहन्छ । पूजापाठ गर्न चाहन्छ, ध्यान योगा गर्न चाहन्छ, पुस्तक पढ्न चाहन्छ। कहिलेकाहीँ […]
१९ मंसिर, काठमाडौं । नेपालस्थित चिनियाँ दूताबासले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लेखेको पत्र अनलाइनखबरले फेला पारेको छ । हुम्लामा चीनले नेपाली भुभाग मिचेको भन्दै नेपाली कांग्रेसले आवाज उठाइरहेका बेला चिनियाँ दूताबासले कांग्रेसलाई चार पृष्ठ लामो पत्र लेखेको हो । कांग्रेस कर्णालीका सभासद् जीवनबहादुर शाहीले स्थलगतरुपमा तयार पारेको प्रतिवेदनका आधारमा नेपाली कांग्रेस सीमा मिचेको निष्कर्षमा पुगेको […]
ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन् । “यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी […]
बेइजिङ : कोभिड १९ विरुोद्धको खोप विकास गर्न विश्वका प्रभावशाली देशहरुबीच प्रतिस्पर्धा चलिरहँदा चीन पनि खोप विकासको काममा अन्तिम चरणमा पुगेको छ । उसले विश्वका विकासशील तथा विपन्न देशहरुमा वितरण गर्ने भनेको खोपको संख्या सम्भवत: सबैभन्दा धेरै हुनेछ । चीनले खोपको स्वीकृति पाएपछि कार्गो जेटमा तापक्रम नियन्त्रण कक्षसहित विश्वभर वितरण गर्ने तयारी गरेको छ […]
१९ मंसिर, वीरगञ्ज । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले नियत भ्रष्ट भएकाहरुका कारण न्याय क्षेत्र बदनाम भएको बताएका छन् । न्यायपालिकाभित्र विद्यमान विकृति विसंगतिबारे अध्ययन गर्ने सिलसिलामा शुक्रबार वीरगञ्ज पुगेका उनले न्याय क्षेत्रका विकृति विसंगति रोक्न सबै सरोकारवालाको भूमिका रहने बताए । ‘नियत खराब भएको मानिसलाई छाल गन्ने जिम्मेवारी दियो भने त्यसमा पनि खान्छ भनिन्छ […]
१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्कदै जाँदा छुट्टा–छुट्टै भेला तथा कार्यक्रम हुन थालेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेला शुक्रबार दिउँसो थापाथलीमा गरिएको छ । दिउँसो १ बजे सुरु भएको भेलाको आयोजना प्रचण्ड र नेपाल निकट अनेरास्ववियुका नेताहरु रञ्जित तामाङ, […]
एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो […]
१९ मंसिर, विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२, चैतुवारीस्थित एक प्लाई उद्योगमा आगलागी भएको छ । स्थानीय होमप्रसाद घिमिरेको नमस्ते प्लाई उद्योगमा आगलागी हुँदा अन्दाजी ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाले बताए । प्रहरीका अनुसार शुक्रबार बिहान सवा ७ बजे विद्युत सर्ट भइ आगलागी भएको थियो । आगलागी […]
१९ मंसिर, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन तीब्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय र विभिन्न स्थानीय तहमा शिविर सञ्चालन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन अगाडि बढाइएको छ । १२ वटा स्थानीय तहमध्ये गुल्मीदरवार र धुर्कोट गाउँपालिकामा विवरण दर्ता संकलन सकिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । गुल्मीदरवारमा […]
१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल खुमलटार पुगेका छन् । पोखरेल विहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेका […]
काठमाडौं । नेपालको मतले गाँजाले औषधिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएको छ । संयुक्त राष्ट्र संघमा बुधबार भएको मतदानमा नेपालको मत निर्णायक भएको हो । गाँजा लागू औषध होइन् र यसमाथिको प्रतिवन्ध फुकुवा गर्ने कि नगर्ने ? भन्ने विषयमा भएको मतदानमा पक्षमा २७ मत र विपक्षमा २५ मत परेको थियो । नेपालको एक मत विपक्षमा गएको […]
चलचित्र ‘परदेशी २’को छायांकनका लागि यसको टिम चितवन पुगेको छ । चितवनका रमणीय स्थानमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको छायांकनमा नायिका वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । वर्षा दशैंको टिका सकेर अमेरिका पुगेकी थिइन् । अमेरिकामा आफ्ना प्रेमीसँग करिब एक महिना लामो समय बिताएपछि वर्षा नेपाल आएकी हुन् । नेपाल आएर उनले चलचित्रको छायांकन […]
झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु […]
१९ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ । २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट […]
१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए । जवाफमा मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो […]
१९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डल स्तरमा वार्ताबारे प्रश्न उठाएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सांसद रावलले प्रतिनिधिमण्डल स्तरको वार्ता मन्त्रीस्तरमा हुनुपर्ने बताए । उनले भनेका छन्, ‘विमानस्थलमा लिन र छोड्न मन्त्रीजी गएको देखिन्छ । […]
छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ । दिउँसो धान काट्न सपरिवार खेत […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले उक्त विषयमा छलफल गर्न शुक्रबार दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीलाई आफ्नो निवास बुढानीलकण्ठ बेलाएका हुन् । सह–महामन्त्री डा. प्रकाशरण महतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशासन र सरकारले गरेको दुर्व्यवहारलगायत विषयमा छलफल हुनेछ । […]
१९ मंसिर, काठमाडौं । अबदेखि एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले […]
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा […]