जातकाे नाममा अझै छ दण्ड याे नेपालमा
बाेल सरकार दलितलाई कानुन किन छैन नेपालमा ।
काहाँ लुक्याे गणतन्त्र याे नेपालमा
जातिय छुवाछुतकाे भेदभा अझै छ नेपालमा ।।
नत नियम लागू हुन्छ न सजाए नेपालमा
जति बेला दलितले मरेई पाउनु याे कस्ताे नेपालमा ।
दलितकाे शरीर जल्ने तर जात चल्दैन रे नेपालमा ।
श्रम चल्छ सीप चल्छ भात चल्दैन नेपालमा ।
जातकै कारण मार्ने कानुन छ र नेपालमा
भन सरकार कहिले बन्छ दलितकाे कानुन नेपालमा ।
चाेखाे माया गर्नु के गलत हाे र नेपालमा
जात नमिले मृत्यु दण्डकाे सजाय छ र नेपालमा ।
दलित शब्दनै हटाई दे सरकार नेपालमा
जातकै कारण कहिले सम्म दुख पाउछन नेपालमा
कित सरकार कडा कानुन बनाइदे नेपालमा
जातकाे नाममा मार्नेलाइ सरकार फाँसी दे नेपालमा ।
जातकाे नाममा अझै छ दण्ड याे नेपालमा
बाेल सरकार दलितलाई कानुन किन छैन नेपालमा ।
फेसबुक प्रतिक्रियाहरु