होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लकडाउनमा पनि बाजुरा प्रवेश गर्ने क्रम राेकिएन्
समाचार

लकडाउनमा पनि बाजुरा प्रवेश गर्ने क्रम राेकिएन्

एकैदिन १ सय जना सदरमुकाम मार्तडीमा पुगे

  • नागरिक रैबार
लकडाउनमा पनि बाजुरा प्रवेश गर्ने क्रम राेकिएन्

नागरिक रैबार/बाजुरा २० बैशाख।लकडाउनका बेला पनि जिल्लामा भित्रीने क्रम भने राेकिएकाे छैन् ।

सरकारले जारी गरेकाे लकडाउनकाे ४० अाै दिनसम्म अाईपुग्दा बाजुरामा झण्डै २ हजार बढीले प्रवेश गरेका छन् ।

काेराेना भाईरसकाे संक्रमणलाई फैलिन नदिनका लागि सरकारले लकडाउनका बेला अत्यावश्यक काम बाहेक घरबाहिर जान अाउन निशेध गरिएकाे भएपनि बाजुरा जिल्लामा भने दैनिक जसाे सयाैकाे संख्यामा स्थानीयहरू भित्रीरहेका छन् ।

विज्ञापन

शनिबार मात्रै झण्डै एकसय जनाले बाजुरा प्रवेश गरेका छन् । उनिहरू मध्ये १६ जना बाजुराकै हुन भने ८४ जना छिमेकी जिल्ला मुगु, हुम्ला र जुम्लाका रहेका छन् । भारतका नाकामा अलपत्र परेका उनीहरू झुलाघाट नाकाबाट अाएर शनिवार सदरमुकाम मार्तडीमा पुगेका हुन् ।

बाजुराका १६ जनालाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राखिने भएकाे छ भने छिमेकी जिल्लाका ८४ जनालाई सदरमुकाम मार्तडीबाट यातायातकाे व्यवस्थापन गरेर सम्बन्धित जिल्ला पठाईएकाे बाजुरा प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन् ।

यता जिल्ला स्तरीय काेभिड-१९ संकट व्यवस्थापन केन्द्रले  लकडाउनकाे बेला जाे जुन ठाउँमा छन् त्यसै ठाउँमा बस्न अनुराेध गर्दै अाएकाे छ ।

तर अहिले जिल्ला बाहिरबाट दैनिक जसाे सयौंकाे संख्यामा जिल्लामा भित्रीन थालेपछि यहाँका स्थानीयहरू भने त्रसित बन्दै गएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार