होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रानीवन स्पोर्ट्स युथ क्लवद्धारा भत्केको सडक मर्मत
समाचार

रानीवन स्पोर्ट्स युथ क्लवद्धारा भत्केको सडक मर्मत

  • नागरिक रैबार
रानीवन स्पोर्ट्स युथ क्लवद्धारा भत्केको सडक मर्मत

नागरिक रैबार/बाजुरा १५ असोज। सदरमुकाम मार्तडीमा २०६४ सालमा स्थापना भएको रानिवन स्पोर्ट्स युथ क्लव पछिल्लो समयमा सामाजिक सेवामा समेत सक्रिय देखिएको छ ।

क्लवले जिल्लामा हुने प्राय सवै क्षेत्रका खेलमा आफ्नो प्रस्तुति दिदै आएको छ । यति बेला विश्व कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोरोना भाईरसकै कारण खेल क्षेत्रमा पनि अहिले निकै असर परेको छ ।


उसो त बाजुरामा पनि कोरोना भाईरसको डर एकातिर छ भने अर्कोतिर बर्षातमा भत्केका ग्रामिण सडकहरु अहिलेसम्म संचालन नहुँदा समस्या स्थानीयहरुलाई दैनिक आवत जावत संगै खाद्यन्न ढुवानी गर्न समस्या भईरहेको छ । जिल्लामा कोरोना भाईरसको जोखिमसंगै सार्वजनिक स्थानमा सामुहिक भेला र सार्वजनिक कार्यक्रम गर्न समेत प्रशासनले निशेध गरेको छ ।

विज्ञापन

बाजुराका खेलाडीहरु वर्षेनी दशै तिहारको अवसर पारेर जिल्लामा कुनै न कुनै खेलकुदका कार्यक्रम संचालन गर्थे तर यो वर्ष कोरोनाको डरले कुनै ठाउँमा खेलकुदका गतिविधिहरु संचालन हुन सकिरहेका छैनन् । उसो त जिल्लाको सदरमुकाम मार्तडीमा एउटा प्रयाप्त मात्रामा खेलाडीहरुका लागि खेल मैदान छैन् । मार्तडीमा खेलमैदान नुहँदा यहाँका हजारौ खेलाडीहरुलाई प्रतिभा देखाउन समस्या भईरहेको रानिवन स्पोर्ट्स युथ क्लवका अध्यक्ष धुव्रबहादुर रोकायाको भनाईछ ।


खेलकुद क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि केही गर्नुपर्छ भन्ने मान्यताका साथ रानिवन स्पोर्ट्स युथ क्लवका खेलाडीहरुले विहिबार मार्तडी गौमुल जोड्ने सडकमा भत्केको बाटो निर्माण गरेका छन् । वर्षासंगै सडक माथिबाट खसेको पहिरोका कारण मार्तडीदेखि गौमुल गाउँपालिकाको घटमुना सम्मको सडक करिव ३ महिनादेखि पूर्ण अवरुद्ध छ । सोही सडकलाई रानीवनका युवा खेलाडीहरुले मार्तडीको ठुलीसाँगु देखि मेलकाँध सम्म मोटरसाईकल जाने सडक निर्माण गरेको रानिवन स्पोर्ट्स युथ क्लवले जनाएको छ ।


खेल क्षेत्रका कार्यक्रम सुन्य हुँदा युवा शक्ति खाली बस्नु भन्दा सामजिक काम गर्नु उत्तम ठानेर मार्तडी गौमुल जाने सडक अन्तरगत केही ठाउँमा सडक माथिबाट खसेका ढुंगा र माटोलाई पन्छाईएको खेलाडी लक्ष्मण रोकायाले बताएका छन् ।

रानिवन स्पोट्र्स युथ क्लवको अगुवाई तथा गौमुल गाउँपालिकाको समन्वयमा भत्केको बाटो सफाई गर्न क्लवका अध्यक्ष धुव्र बहादुर रोकाया, खेलाडी दिनेश शाही, रामचन्द्र रोकाया, दिपक विक, मनोज बोहरा लक्ष्मण रोकाया लगायत खेलाडीहरु सहभागि भएका थिए ।


यता गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता थापाले भनिन् गौमुल गाउँपालिकाका स्थानीयहरुको दैनिक आवत जावतको समस्यालाई मध्येनजर गरेर मार्तडी गौमुल सडक छिट्टै संचालनमा ल्याउने तयारी भईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ दिन अगाडि

भर्खरै