होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • खप्तड छेडेदहको ६ नम्बर वडा कार्यालयमा तालावन्दि
राजनीति

खप्तड छेडेदहको ६ नम्बर वडा कार्यालयमा तालावन्दि

उपभोक्ता समिति गठन गर्दा एकलौटी गरेको आरोप

  • नागरिक रैबार
खप्तड छेडेदहको ६ नम्बर वडा कार्यालयमा तालावन्दि

नागरिक रैबार/बाजुरा १५ असोज। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको ६ नं.वडा कार्यालयमा तालावन्दि गरेको छ ।नेकपा ६ नम्बर वडा संगठन कमिटीले वडा कार्यालयले वडामा विकास निर्माणका योजनाहरु छनोट र उपभोक्ता समिति बनाउँदा एकलौटी गरेको भन्दै वडा कार्यालयमा तालावन्दि गरेको हो ।

विहिबार नेकपा ६ नम्बर वडा संगठन कमिटीले एक विज्ञप्ति सहित वडा कार्यालयमा तालावन्दि गरेको स्थानीय कुमार नाथले जानकारी दिएका छन् । स्थानीय तह निर्वाचन पश्चात् वडामा भएका विभिन्न किसिमका बिकास निर्माणका कार्यका साथै अन्य जनता संग प्रत्येक्ष रुपमा सरोकार रहने हरेक क्षेत्रमा पार्टीकरण गरि एकलौटिरुमा विभिन्न उपभोक्ता समिति गठन गर्ने गरेपछि वडा कार्यालयमा तालावन्दि गरेको नेकपा ६ नं. वडा संगठन कमिटीले जनाएको छ ।

बिगत देखि पटकपटक रुपमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउँदा पनि वडा अध्यक्षले अटेर गरेकाले तालाबन्दी गर्नु परेको नेकपाका जिल्ला कमिटी सदस्य चन्द्र नाथले बताएका छन् ।नेकपा वडा संगठन कमिटीले राखेको माग सम्वोधन नहुन्जेल आन्दोलन जारी गरिराख्ने र स्थानीय तह बाट छुट्टयाइएको योजना पुर्वाग्रहि रुपमा बजेट छुट्टयाइएको र ३० हजार सम्मका साना योजना बनाउने कार्य वडा कार्यालयले रोक्नु पर्ने माग राखेको छ ।

विज्ञापन

त्यस्तै बुधबार तालावन्दि गरिएको वडा कार्यालयले योजनामा एकलौटि रुपमा उपभोक्ता समिति गठन गरेकोले उपभोक्ता समिति गठन प्रक्रिया पुनः समावेशी तरिकाले नगर्दासम्म वडा कार्यालयमा तालाबन्दी जारी रहेने बताईएको छ ।

वडामा तालाबन्दी गर्न नेकपाका नेता चन्द्र नाथको नेतृत्वमा खप्तड छेडेदह गाउँ संगठन कमिटीका सचिव अम्म नाथ सचिवालय सदस्य मनि नाथ , दिपक नाथ योगि, सदस्य अमर्जन नाथ, तुला नाथ लगायत मैतोलाका नेकपाका नेता कार्यकर्ताको उपस्थित रहेको थियो । उक्त वडा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडा हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै