होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • धुरालसैन माविको क्वारेन्टाइनमा रहेकाहरुको स्वाव संकलन गरिदै
स्वास्थ्य-जीवनशैली

धुरालसैन माविको क्वारेन्टाइनमा रहेकाहरुको स्वाव संकलन गरिदै

  • नागरिक रैबार
धुरालसैन माविको क्वारेन्टाइनमा रहेकाहरुको स्वाव संकलन गरिदै

रामबहादुर विक/बाजुरा १९ जेठ। बाजुरामा कोरोना संक्रमण पुष्ठी भएका दुईजनाको पहिलो सम्पर्क भएको बुढिगंगा नगरपालिका बडा नं १ धुरालसैन मावीको क्वारेन्टाइनमा रहेकाहरुको आज स्वाव संकलन गरिएको छ ।

हिजो मृत्यु भएकी २ बर्षिया बालिका र उनका आमा बुवा जेठ १४ गते भारतबाट आएर उक्त क्वारेनटाइनमा बसेको हुनाले उक्त क्वारेनटाइलाई हिजोबाट शिल गरी आज स्वाव संकलन गरिएको हो ।

बुढिगंगा नगरपालिका बडा नं १ धुरालसैन मावीको क्वारेन्टाइनमा रहेका हरुको स्वाव संकलन गरिएको छ । क्वारेन्टाइनमा १८० जनाको स्वाव संकलन गरीसकेको र बाकीको स्वाव संकलन गरिरहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । क्वारेन्टाइनमा रहेका सवै व्यतmीहरुको स्वाव संकलन गरी आजै धनगढी पठाइने जिल्ला स्वास्थ्य कार्यलय बाजुरा प्रमुख दया कृष्ण पन्तले बताउनु भएको छ ।

विज्ञापन

जिल्ला स्वास्थ्य कार्यलय बाजराका प्रमुख पन्तका अनुशार जिल्ला भन्दा बाहिर र भारतका विभन्न स्थानबाट आएकाहरुको स्वाव संकलन गरिएको बताउनु भयो । हिजो मात्र मृत्यु भएकी बालिकी पनी भारत बाट आएर धुरालसैन क्वारेन्टाइनमा वसेको हुदा थप जोखिम बढ्ने भएकाले उतm क्वारेन्टाइनमा रहेकाहरुको स्वाव संकलन गरी धनगढी पठाइने जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

मृतक बालिका सहित जेठ १४ गते अनका आमा बुवा भारतबाट आएर सुरुमा बुढिगंगा नगरपालिका बडा नं १ धुरालसैनमा माबिको क्वारेन्टाइनमा राखिएकाले उनी संगै क्वारेन्टाइनमा रहेकाहरुको स्वाव संकलन गरि धनगढी पठाइने जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तले जानकारी दिनु भएको छ ।

भारतबाट आएकाहरु जिल्लामा भित्रिएपछी बाजुरामा संक्रमण जोखिम झन बढ्न थालेको छ । बाजुरामा एक बालिकाको मृत्यभए संगै एक महिला र एक पुरुष कोरना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । कोरनाका कारण बालिकाको मृत्यु भएपछी स्थानीय त्रसित हुन थालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार