होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंबाट सात दिनमा आठ लाख यात्रु बाहिरिए
समाचार

काठमाडौंबाट सात दिनमा आठ लाख यात्रु बाहिरिए

  • नागरिक रैबार
काठमाडौंबाट सात दिनमा आठ लाख यात्रु बाहिरिए

काठमाडौं । दसैं मनाउनका लागि संघीय राजधानी काठमाडौंबाट सात दिनमा आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् । यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ हजार ८० वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

“उपत्यकाका सबै टिकट काउन्टरहरुमा हामीले सादा पोसाकमा प्रहरी परिचालन गरेर यात्रुबाट बढी भाडामा टिकट काट्ने, टिकटमा लेखेभन्दा फरक नम्बरको बसमा चढाउने, टिकटमा बस नम्बर नलेख्ने, सिट क्षमताभन्दा बढी संख्यामा यात्रु चढाउने चालक र टिकट काउन्टरका कर्मचारीलाई कारबाही तीव्र पारेका छौं,” एसपी श्रेष्ठले भने । यस पटकको दसैं मनाउन करिब २५ लाख यात्रु विभिन्न जिल्लाका लागि उपत्यकाबाट बाहिरिने महाशाखाले अनुमान गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि