भक्तपुर । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानो ठिमि, भक्तपुरले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।
परिक्षाफल निम्न वेबसाइटमा गएर हेर्न सकिन्छ :
www.neb.gov.np
www.neb.ntc.net.np
www.edusanjal.com
www.theconnectplus.com
www.ekantipur.com
SMS सेवा :
– नेपाल टेलिकमको १६०० मा गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।
– जानकी टेक्नोलोजी प्रा.लि.को ३५००१ मा SMS गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३५००१ म SMS गर्ने ।– आकाश टेक प्रा.लि को ३१००३ मा SMS गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३१००३ मा SMS गर्ने
IVR सेवा :– त्यस्तै नेपाल टेलिकमको १६०१ नंम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नजिता प्राप्त गर्न सकिन्छ ।
बोर्डका अनुसार यस वर्ष कक्षा ११ को परीक्षामा ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएका थिए जसमध्ये ३१ जनाको परिक्षा रद्ध गरिएको छ । बैशाख २९ देखि जेठ १४ गतेसम्म सञ्चालीत परिक्षामा ११०७ परीक्षा केन्द्र तोकीएको थियो ।
बोर्डले यसपटक सबै संकायका पक्षिफल एकैपटक प्रकाशन गरेको छ । बिगतका बर्षहरुमा विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकाशित गर्ने गरिन्थ्यो भने अन्य संकायका नतिजा पछि मात्रै सार्वजनिक गरिन्थ्यो ।
परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता थिए।
कक्षा ११ को परीक्षामा मनाङ जिल्लाबाट सबैभन्दा कम ५१ जना र काठमाडौंबाट सबैभन्दा धेरै ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी भएका थिए।
फेसबुक प्रतिक्रियाहरु