होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामाजिक सेवा दिवसकै दिन समाज सेवा
समाचार

सामाजिक सेवा दिवसकै दिन समाज सेवा

  • नागरिक रैबार
सामाजिक सेवा दिवसकै दिन समाज सेवा

नागरिक रैबार/बाजुरा ६ असोज। ४० औँ सामाजिक सेवा दिवसको अबसरमा एक जना पीडित नेपाली परिवारलाई केही समाजसेवी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । जिल्ला अस्पताल बाजुरामा उपचार गराई रहेका बडीमालिका नगरपालिका वडा नं.२ माझिगाँउ बस्ने रुपक नेपालीका छोरी ३ वर्षीया सर्मिला नेपालीलाई उपचारका लागि सामाजिक सञ्जालबाट अभियान चलाई विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग गरी रु.२३ हजार ५ सय हस्तान्तरण गरिएको पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिहले जानकारी दिएका छन् ।

उक्त रकम डि. एण्ड डी होटेलमा मार्तडीमा एक कार्यक्रमका बीच मालिका मा.विका प्रार्चाय शुभराज पाध्यायको हातबाट स्वयम पीडितलाई नगद हस्तान्तण गएिको अध्यक्ष सिहले बताए । रुपक नेपालीले छोरीको उपचार गर्न आर्थिक अभाब रहेको भनि सामाजिक अभियान्ता पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र सचिव प्रेम बि.कले पीडितको बारेमा सामाजिक संञ्जाल मार्फत जानकारी गराएको थिए । सामाजिक सञ्जाल मार्फत जानकारी पाएपछि विरामीलाई आर्थिक सहयोग गरेको हो ।

विज्ञापन

त्यस्तै सामाजिक सञ्जाल मार्फत जानकारी पाएपछि फिल्म कलाकार तथा निर्माता अमित ढुङगानाले रु १० हजार सहयोग गरेका छन् भने सामाजिक अभियान्ता डम्मर बोहारा र उहाँकी श्रीमति पशुपति कुवरले जम्मा रु.५ हजार, जिल्ला प्रहरी कार्यालय बाजुराबाट रु.५ हजार, बडीमालिका नगरपालिका उप–प्रमुख कविता बिष्टले रु.२ हजार ५ सय र उद्योग बाणिज्य संघ बाजुराका सचिव गोपाल कार्कीबाट रु.१ हजार गरी जम्मा २३ हजार पाँच सय पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
साथै पीडित नेपालीको आर्थिक अवस्था कमजोर भएको र घरमा खाने खाद्यन्न समेतको अभाव भएको खवर पाएपछि मालिका मा.विका प्रार्चाय शुभराज पाध्यायले ५० केजी चामल उपलब्ध गराएको छ । आर्थिक सहयोग बडीमालिका नगरपालिका नगर उप–प्रमुख कविता विष्ट मालिका मा.विका प्रार्चाय शुभराज पाध्याय, मार्फत हस्तान्तरण गरिएको पत्रकार महासंघ बाजुराका सचिव प्रेम बिकले बताए ।

नेपालीकी छोरी भाद्र १० गते लडेर शतm घाईते भएकी थिईन् । उनको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो । छोरीको उपचारका लागि भन्दै गाउँबाट सयकडा ३ रुपैया ब्याजदरमा ९ हजार ऋण झिकेर आएका थिए । उनको घरमा ६ जना परिवार छन् । नेपालीको जग्गा जमिन समेत नभएको र आफु समेत अपाङ्ग रहेको उहाँका आफन्त गोपाल कार्कीले वताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार