होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • उपनिर्वाचनमा तालमेल गर्न नेकपालाई जनमोर्चाको प्रस्ताव
राजनीति

उपनिर्वाचनमा तालमेल गर्न नेकपालाई जनमोर्चाको प्रस्ताव

  • नागरिक रैबार
उपनिर्वाचनमा तालमेल गर्न नेकपालाई जनमोर्चाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनमोर्चाले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा नेकपासँग तालमेल गर्ने प्रस्ताव गरेको छ ।

कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा बागलुङ र दाङको प्रदेशसभा निर्वाचन क्षेत्रमा तालमेल गर्न नेकपालाई प्रस्ताव पठाएको पार्टीकी प्रवक्ता दुर्गा पौडेलले जानकारी दिइन् ।

‘उनीहरुसित तालमेल हुन सकेमा परस्परको समझदारीअनुसार हामीले कुनै क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्ने र कुनै क्षेत्रमा नेकपाका उम्मेदवारलाई समर्थन गर्ने नीति अपनाउन सक्ने छौं’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘समझदारी नभएमा उक्त तीनवटै क्षेत्रहरुमा हामीले आफ्ना उम्मेदवारहरु खडा गर्ने छौं ।’

विज्ञापन

जनमोर्चाले संघ र प्रदेशको चुनावमा नेकपासँग र स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग पनि तालमेल गर्न सक्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि