होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङको केदार स्यँ गाँउपालिका वडा नम्बर सातको वडा कार्यलयमा आगजनी
समाचार

बझाङको केदार स्यँ गाँउपालिका वडा नम्बर सातको वडा कार्यलयमा आगजनी

  • नागरिक रैबार
बझाङको केदार स्यँ गाँउपालिका वडा नम्बर सातको वडा कार्यलयमा आगजनी

बझाङ/ असोज ५ । बझाङ जिल्लाको केदार स्यँ गाँउपालीका वडा नम्बर ७ को वडा कार्यलयमा गएराती सबै कागजात लगायत धेरै सामाग्रीहरु जलाएर नष्ट पारिएको छ । वडा कार्यालयमा भएका रजिष्टर,सोफासेट,कम्प्युटर, सोलार, फोटोकपि मेसीन लगायत आलमारीमा भएका सबै काजजातहरु जलाएर नष्ट गरेको वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बोहराले बताउनु भयो । राती १२।१ बजेको समयमा वडा कार्यालय तोडफोड गरी कार्यालयको आलमारी तथा दराजमा राखीएका सम्पुर्ण कागजात, लगायत टेबुल सोफासेट सामाग्रीहरु जलाएको धामीले बताउनु भयो ।

आफु शनिबारका दिन नवज्वती प्राविको बार्षिक उत्सव कार्यक्रममा सहभागी भएको बताउदै वडा अध्यक्ष धामीले भन्नु भयो कसले र कीन जलायो भन्ने कुराको बारेमा जानकारी छैन । अहिले म घटना स्थल तर्फ जादैछु प्रहरीलाई समेत खबर गरि सकेको उहाँको भनाई छ । स्थानीय बासिन्दाका अनुसार गाँउकै नरेन्द्र धामी भन्ने ब्यक्तीले नै वडा कार्यलयका सबै कागजातहरु जलाएको बताएका छन् । उनले आफु विप्लब भएको भन्दै राती नै वडा कार्यालय तोडफोड गरेर भित्र भएका सबै सामाग्रीहरु जलाएको बताईएको छ । साथै स्थानीय बासिन्दाले धामीले कम्प्युटर हातमा लिएर गएको समेत जनाएका छन् । उनी अहिले फरार रहेका बताईएको छ ।स्थानीय बासिन्दा प्रेम हादुर बोहरा(निराजन)का अनुसार आगजनी बाट वडा कार्यालयमा झण्डै १५।२० लाख बराबरको क्षती भएको छ ।

यता नेत्र विक्रम चन्द (नेकपा) विप्लब समुहका जिल्ला ईन्चार्ज विराटले भने आफ्नो पार्टीको उक्त कार्यमा संग्लग्नता नभएको बताएका छन् । आफुलाई उक्त घटना सम्म जानकारी नभएके बताए । अहिले आफुहरुको यसरी आगजनी गर्ने कुनै पनि किसीमका कार्यक्रमहरु नभएको बताउदै उनले उक्त ब्यक्ती पहिला आफ्नो पार्टीमा आबद्ध रहेका भए पनि पछिल्लो समयमा उनि निश्किृय रहेको बताका छन् । साथै उनले बरु उक्त घटनामा वडापालीका तथा गाँउपालीका बाट योजना नपाएका रुष्ट भएका ब्यक्तीहरुको संग्लग्नता हुन सक्ने आरोप लगाए ।

विज्ञापन

यता जिल्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक गणेश बमले भने घटना स्थल तर्फ ईन्स्पेटरको कमान्डोमा प्रहरी टोली खटी गएको र आधीकारक रुपमा जानकारी नभएको बताएका छन् । वडा कार्यालयमा आगजनी भएको भन्ने खबर आएको टोली घटना स्थलमा पुगे पछि मात्रै सबै कुरा भन्न सकीने डीएसपि बलमे बताउनु भयो । साथै घटना बारे विस्तृप्त रुपमा अनुसन्धान सुरु भै सकेको उहाँको भनाई छ ।वडा नम्बर ७ को वडा कार्यालय गाँउको विचमा रहेको स्थानीयले बताएका छन् । वडा कार्यालय गाँउमै भएको माहादेब आधारभुत विद्यालयको एक भवनमा कोठा भाडामा लिएर संचालन भै रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार