काठमाडौं । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ ।
चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।
‘अदालतले अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएको छ, अब अनुसन्धान सुरु गर्छौं’, थापाले अनलाइनखबरसँग भने । चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप जाहेरीमा लगाइएको छ । अनलाइनखबरबाट
फेसबुक प्रतिक्रियाहरु